भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा पिउँदा ५ जनाको मृत्यु, १५ जना अस्पताल भर्ना



Download our app to get more features

भारत, २४ पुस । भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा पिउनाले ५ जनाको मृत्यु भएको छ ।
 
उत्तर प्रदेशको बुलन्दशहरमा विषाक्त मदिरा पिउँदा ५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । १५ जना गम्भीर बिरामी भएका छन् । 

उत्तर प्रदेश सरकारका अनुसार सिकन्दराबाद कोतवालीको एक गाउँमा विषाक्त मदिरा पिउनाले बिरामी भएका थिए । बिरामी भएका २० जना बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । जसमध्ये उपचारको क्रममा ५ जनाको मृत्यु भएको र १५ जना उपचाररत रहेका छन् । 

Last modified on 2021-01-09 15:06:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts