कोरोना संक्रमित बिरामीका लागि थप दुई जीवनरक्षक औषधि पत्ता लागेको वैज्ञानिकको दावी



Download our app to get more features

एजेन्सी, २४ पुस । बेलायतका वैज्ञानिकहरुले कोरोना संक्रमणबाट पीडित बिरामीहरुलाई जोगाउनका लागि दुई वटा जीवन रक्षक औषधि पत्ता लागेको दावी गरेका छन् ।
 
वैज्ञानिकहरुले एनएचएसका इन्टेसिभ केयर यूनिट (आईसीयू) मा रहेका कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिएको थियो । जसले बिरामीको मृत्युदरलाई एक चौथाइसम्म कम गर्न सकिएको बताएका छन् । 

विशेषज्ञहरुका अनुसार यो औषधि बेलायतमा पहिलेदेखि नै प्रयोग हुँदै आएको र अहिले तत्काल प्रयोगमा ल्याएर बिरामीको ज्यान जोगाउन सकिन्छ  ।

बेलायतमा गत अप्रिलभन्दा अहिले अस्पताल भर्ना भएका बिरामीहरुको संख्या बढ्दै गएको बेला वैज्ञानिकहरुले औषधिको बारेमा पत्ता लगाउनु आशाजनक रहेको बताए ।

टोसीलिजुम्याब र सरीलूम्याब नामक औषधिले कोरोना संक्रमित बिरामीको ज्यान जोगाउने काम गरिरहेको बताइएको छ ।

अस्पतालका डाक्टरहरुले यो दुबै औषधि सस्तो हुनुका साथै एस्टेरोयड डेक्सामेथासोनसँग मिसाएर दिँदा बढी प्रभावकारी रहेको बताएका छन् ।
 
मुख्य अध्ययनकर्ता र इम्पेरियल कलेज लन्डनका प्राध्यापक एन्थनी गार्डोनले हरेक १२ जना बिरामीलाई यो औषधिप्रयोग गरेर ज्यान जोगाउन सकिने बताए ।
 
बेलायत सरकारले हाललाई यी औषधि निर्यातमा रोक लगाइसकेको छ । बेलायतमा बढ्दो कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले यी तीनै औषधिको निर्यातमा रोक लगाएको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् ।

Last modified on 2021-01-09 15:06:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts