फाइजरको खोप लगाएको तीन सातापछि एक नर्समा कोरोना संक्रमण देखियो



Download our app to get more features

एजेन्सी, २५ पुस । बेलायतमा फाइजरको खोप लगाएकी एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलायतको एक स्वास्थ्य संस्थामा कार्यरत एक नर्सलाई फाइजरले विकास गरेको कोरोना विरुद्धको खोप लगाएको तीन हप्तापछि कोरोना संक्रमण पुष्टि भएको हो ।

फाइजरले आफूले विकास गरेको कोरोना विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको दावी गरिरहँदा यो पहिलोपटक भएको हो । तर, वैज्ञानिकहरुले भने खोप लगाइसकेपछि शरीरमा रोग प्रतिरोधात्मक शक्ति बन्न समय लाग्ने भएकाले उनमा कोरोना पुष्टि भएको बताएका छन् ।

बेलायतको वेल्स निवासी नर्सले फाइजरको दोस्रो डोज लिन बाँकी रहेको बताइकी छन् । यसअघि अमेरिकामा पनि एक जना स्वास्थ्यकर्मीलाई खोप लगाएको ६ दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Last modified on 2021-01-10 10:50:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts