वायु प्रदूषण र बच्ने उपाय



Download our app to get more features

वायु प्रदूषणको बढ्दो मात्राले नेपालका विभिन्न सहर बसोबासका लागि अयोग्य हुँदै गएको तथ्याङक सार्वजनिक भएका छन् ।  विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको तथ्याङक गएको मंगलबार सार्वजनिक भएको थियो ।

गाडीको धुवाँ, इँटाभट्टालगायतका उद्योगको प्रदूषण, आगो बाल्दा निस्कने धुवाँ, निर्माणका बेला सावधानी नअपनाउनुलगायतका कारणले हावामा प्रदूषणको मात्रा बढिरहेको छ । जसका कारण केही सहर बसोवासका लागि अयोग्य भएको वातावरण विभागले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले बसोवासका लागि हावामा प्रदूषणको मात्रा अक्वा २५ तोकेको छ भने अक्वा ४० सम्म बसोवासयोग्य हुने बताएको छ । तर अहिले  ललितपुरकै भैंसेपाटीको अक्वा ३०० रहेको वातावरण विभागले जनाएको छ । 

यस्तै, काठमाडौंको वायुमण्डलमा गएको मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको थियो । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ ।
 मानवीय गतिविधिका कारण हावामा प्रदूषणको मात्रा बढिरहेकोले प्रदूषण कम गर्न दैनिक क्रियाकलापमै सुधार गर्नुपर्ने वातारण विभागका उपनिर्देशक इन्दुविक्रम जोशीले बताए । उनले सकेसम्म कम आगो बाल्न, गाडीमा प्रदूषणको अवस्था जाँच गरी मर्मत गर्न र उद्योगमा प्रदूषण कम गराउने प्रविधि जडान गर्न सुझाव दिएकाछन् ।  

हावामा प्रदूषणको मात्रा धेरै हुँदा मुटु, फोक्सो तथा रगतमा असर गरी विभिन्न किसिमका रोगहरु लाग्ने मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले जानकारी दिए ।  सकेसम्म प्रदूषण भएको ठाउँमा हिड्डुल गर्न नहुने र बाहिर निस्कँदा मास्क लगाउनुपर्ने डाक्टर भट्टराईको भनाइ छ । 

वायु प्रदूषण बढ्ने कारण :

- पेट्रोलियम पदार्थबाट चल्ने गाडीले उत्पादन गरेको धुवाँले 
- विकास निर्माणका कार्यबाट उत्पादन भैरहेको धुलोले
- फोहोर र कृषिजन्य पदार्थ जलाउँदा निस्कने धुवाँले
- इँट्टाभट्टाबाट निस्कने धुवाँले

वायु प्रदूषणले गर्ने असर 

१. तत्काल पार्ने असर :
- छाला चिलाउने
- आँखा चिलाउने 
- खोकी लाग्ने
- हाच्छिउँ आउने 
- छाती घ्यारघ्यार हुने 
- श्वास फेर्न गाह्रो हुने 

२. दीर्घकालीन असर :

- श्वासप्रश्वास र रक्तनलीमा समस्या हुने  
- लामो समयसम्म दमको समस्या हुने 
- फोक्सोको क्यान्सर हुने सक्ने  
- रक्तनलीमा असर गर्न सक्ने  
- रगत जम्ने समस्या निम्त्याउन सक्ने 
- मुटु रोग र हृदयाघात हुन सक्ने
- क्यान्सर र मस्तिष्क घात हुन सक्ने 

वायु प्रदूषणबाट बच्ने उपाय

- घरबाहिर निस्कने बित्तिकै मास्क लगाउने 
- बिहान र बेलुका मर्निङवाक र इभिनिङवाक नगर्ने 
- मानवबस्ती वरिपरि प्लाष्टिक तथा धुँवाजन्य निस्किने वस्तु नजलाउने 
- पुराना वा धेरै धुँवा निकाल्ने सवारी साधन प्रतिबन्धित गर्ने 
- उद्योगधन्दा र कलकारखाना मानवबस्तीबाट टाढा राख्ने 
- सडक, गल्ली, नदी, खोला, ताल र पोखरीमा फोहोर नफाल्ने 
- ढल निकासको उचित व्यवस्था गर्ने 

Last modified on 2021-01-10 06:18:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts