टाउकोमा चाया पर्ने समस्या छ ? यी कुरामा ध्यान दिनुहोस्



Download our app to get more features

काठमाडौं, २३ पुस । हाम्रो टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन । यसैलाई हामी चाया भन्छौं । गर्मी मौसमको तुलनामा जाडोमा चाया पर्ने समस्या बढी हुन्छ ।
चाया पर्ने कारण :

- कपालमा तेल धेरै हुँदा
- फंगसको कारण
- हर्मोनमा हुने परिवर्तन 
- वंशाणुगत कारण 
- लामो समयसम्म ननुहाउनु 
- घाममा धेरै बस्दा 
- टाउकोमा धेरै पसिना आउने भएमा
- टाउकोलाई गुम्स्याएर राख्दा 
- चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काईंयो प्रयोग गर्दा
- अरुले प्रयोग गरेको टावल प्रयोग गर्दा
- कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा 
- चिसो मौसम 
- लामो समयदेखिको तनाव, थकान र चिन्ता ।

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?

चायाका कारण टाउकोमा घाउ बन्दा
धेरै चिलाउँदा
टाउकोमा केही भागको छाला खुइलिन थाल्दा
कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । 

बच्ने उपाय :

- टाउको कम्तिमा हप्तामा तीन पटक नुहाउने ।
- नुहाउनुभन्दा पहिला तेल लगाउने ।
- धेरै घाममा खाली टाउको नबस्ने । 
- सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने ।
- धेरै चाया परेको छ भने दिनदिनै नुहाउने ।
- राम्रो खालको स्याम्पुको प्रयोग गर्ने, धेरै स्याम्पु परिवर्तन नगर्ने । 
(सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने । ) 

(टिचिङ अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर रीता श्रेष्ठसँग  ला विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

Last modified on 2021-01-08 10:16:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts