अकबरे खुर्सानीका फाईदा 



Download our app to get more features
Happy new year 2021

काठमाडौं, १८ पुस । नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये अकबरे खुर्सानी एक हो। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन।

यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिन्छ । 
साधारणतया खुर्सानी पिरो स्वाद दिने फल हो। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ। डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन्। यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । 
स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ। नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ। खुर्सानी खानु केही पेटका बिमारीका लागि बेफाइदा भए तापनि यसका फाइदा धेरै छन्। अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ। जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन।

नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ। साथै यो खुर्सानी ग्याँस्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ।
अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा 
- खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ।
- माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।
- नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ। 
- कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ।
- हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ। 
- कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ। 
- डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ। 
- शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ। 
- रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।  
- ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ। 
- पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ। 
- अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ।  
- थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ। 
- यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ।
- एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts