बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?



Download our app to get more features

काठमाडौं, ९ पुस । अहिले देशैभर चिसो बढेको छ । चिसोले विशेषत बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्छ। चिसोका कारण पछिल्ला दिनमा अस्पताल र क्लिनिकमा बालबालिकाको स्वास्थ्य परीक्षण गर्नेहरुको भिड लाग्न थालेको छ ।

साथै, बिरामी भएर अस्पतालमा भर्ना हुनेको संख्या पनि बढ्न थालेको छ । तर कोरोना संक्रमण हुने डरले धेरैजनाले घरमा नै  राखेर जोखिम बढेको पनि विज्ञहरुले बताएका छन् । बालबालिकालाई चिसोबाट जोगाउन सकिएन भने निमोनिया, रुघाखोकी र झाडाबान्ता हुन सक्छ । तसर्थ, चिसो मौसममा विशेष सतर्कता अपनाउनु पर्छ । 

vayoda

बालबालिकामा निमोनिया हुँदा देखा पर्ने लक्षण  

- खोकी लाग्ने ।

- सास  फेर्न गाह्रो हुने ।

- स्वाँ–स्वाँ हुने, छिटो छिटो स्वास फेर्ने । 

- कोखा हान्ने । 

- छाती घ्यार घ्यार हुने ।

- ज्वरो आउँने  । 

जाडोमा नै बालबालिकामा किन हुन्छ निमोनिया ?

जाडोले गर्दा कुनै व्याक्टेरिया गएर निमोनिया गराउने होईन । तर, धेरै चिसो हुँदा झ्याल ढोका बन्द गरेर गुम्म भएर बस्ने भएकाले भित्री प्रदुषण बढी हुन्छ ।  
इन्फ्लुन्जा, एचवान, एनवान, कमन कोल्डका भाइरसहरु जाडो महिनामा नै बढी सक्रिय हुनेगर्छन् ।

पहिलादेखि नै श्वास–प्रश्वास सम्बन्धी समस्या छ, छाती घ्यार घ्यार हुने गर्छ वा दमको रोग छ भने अझ धेरै गाह्रो हुनेगर्छ । साविकभन्दा धेरै औषधि लिनुपर्छ तर त्यसले काम नगर्ने संभावना पनि उत्तिकै हुनेगर्छ । 

बचाउने उपाय  

- चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा बढी हुने गर्छ ।  त्यसैले उनीहरुलाई न्यानो पारेर राख्नुपर्छ ।  

- चिसो हावामा बालबालिकालाई कपडा लगाइएको छ भनेर खेल्न दिनुहुँदैन । झ्यालढोका पूरै बन्द गरेर बस्नुहुदैन  ।

- पहिलेदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । दमको समस्या हुनेले विशेष ध्यान दिनुपर्छ । 

- दुई वर्षसम्म आमाको दुध नियमित खुवाउने तथा पोषणयुक्त तातो खाना खुवाउने गर्नुपर्छ।  

- घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई उनीहरूबाट टाढा राख्नुपर्छ ।  बालबालिकालाई भिडभाडमा राख्नु हुदैन । 

- पाँच वर्षसम्मका बालबालिकाकोे छातीका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाइदिने गर्नुपर्छ ।  पसिना आएमा समय–समयमा कपडा परिवर्तन गरिदिनुपर्छ । 

- बालबालिकालाई उमेरअनुसारको नियमित खोप लगाउनु पर्छ । ६ महिनाभन्दा बढी उमेरका बालबालिकालाई वर्षेनी खोप लागाउनुपर्छ ।

- निमोनियाको सामान्य लक्षण देखापर्ने बित्तिकै स्वास्थ्यसंस्था लैजानुपर्छ । 

(वीर अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित ।)

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts