चिसोमा तातो पानीले नुहाउनुहुन्छ ? छाला फुट्न सक्छ



Download our app to get more features

पछिल्लो केही दिन यता काठमाडौं उपत्यकासहित मुलुकभर नै चिसो अत्यधिक बढेर गएको छ । यस वर्ष अन्य वर्षको तुलनामा छिटै चिसो सुरु भएको विज्ञहरु बताउँछन् । कारण, कोरोना महामारीका कारण लामो समयसम्म विश्व नै ठप्प हुँदा वातावरण स्वच्छ र सफा बनेको छ । उद्योग, कलकारखाना, सवारीसाधनहरु अझैपनि निर्वाद रुपमा सुचारु हुन सकेको छैन । जसले गर्दा वातवारण स्वच्छ हुँदा त्यसले वातावरणमा राम्रो प्रभाव पारेको छ ।

यस वर्ष असोजबाट सामान्य चिसो सुरु भइसकेको भएपनि कात्तिक महिनाको पहिलो सातादेखि चिसो बढ्दै गएको छ । स्वभाविक रुपमा चिसो बढेपछि मानिसहरु न्यानो खोज्न थाल्छन् । यसका लागि न्यानो कपडा, शरीर तातो बनाउने खानेकुरा खरिद गर्नेको संख्या बजारमा बढ्न थाल्छ । यती मात्रै होइन मानिसहरु नुहाउन चिसो भन्दा तातो पानीको प्रयोग गर्न थाल्छन् । तर, तातो पानी स्वास्थ्यका लागि राम्रो नहुने डाक्टरहरुको भनाइ छ । 

तातो पानीको प्रयोगले छालालाई सुक्खा बनाउने र छाला फुट्ने छाला रोग विशेषज्ञ डा. ललन खतिवडा बताउँछन । उनले तातो पानीले नुहाउँदा तत्काल शरीरलाई आराम भए पनि त्यसले स्वास्थ्यलाई फाइदा नगर्ने बताए । 

डा.खतिवडाका अनुसार बाहिरी वातावरण बढी चिसो हुँदा छाला पनि चिसो हुन्छ । तर शरीर भित्रको तापक्रम भने तातो रहन्छ । जसले गर्दा छाला र शरीरको तापक्रम मेल खादैंन । जसका कारण छाला फुस्रो हुने र फुट्ने गर्छ । जाडोको समयमा तातो पानी बढी प्रयोग गरिने, घाममा बस्ने हुँदा पनि छालाको भएको तौलियपन नष्ट हुन्छ र छाला फुस्रो हुने, फुट्ने गर्छ । 

२५ देखि ३० डिग्रीसम्मको मनतातो पानीले नुहाउँन आग्रह गर्दै डा. खतिवडाले २५–३० डिग्री मनतातो पानीले छालामा कुनै असर नगर्ने बताए । तातो पानीले नुहाइसकेपछि शरीरमा मोइस्चराइजर प्रयोग गर्न उनी सुझाव दिन्छन् । 

यस्तै थाइराइड तथा मधुमेहका बिरामीले पनि नुहाउँदा मन तातो पानी प्रयोग गर्नुपर्छ । थाइराइड तथा मधुमेहका बिरामीले जाडोमा धेरै तातो पानी र चिसो पानी दुवै प्रयोग गर्नु हँुदैन । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts