पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

पिसाब पोल्ने समस्या हामी धेरैलाई हुनसक्छ । कतिपयले हिचकिचाहाटले पनि यो समस्या लुकाइराखेको हुन्छौं । पिसाब पोल्ने धेरै कारणहरु मध्य धेरैलाई देखिने कारणहरु बारे यहाँ चर्चा गरिनेछ ।  

पिसाब पोल्ने कारणहरु के हुन :
मुख्यतः पिसाब पोल्ने प्रमुख कारणमा पिसाव नलीको संक्रमण नै हो । पिसाब नलीको संक्रमण महिलाहरुमा धेरै देखिने गर्छ । गर्भवती अवस्थामा पनि यो धेरै देखिने समस्या हो ।  

vayoda

मिर्गौला, पिसाब जाने नली वा मूत्राशयको पत्थरीले पनि पिसाब पोल्ने लक्षण देखिन सक्छ ।
पत्थरीको कारणले  मुत्रनलीमा संक्रमण हुन मद्दत पुराउँछ र पिसाब पोल्ने लक्षण देखिन्छ ।  
विभिन्न यौनरोगहरु जस्तै गोनिरिया, क्लामैडिया आदिमा पनि पिसाब पोल्ने समस्या देखिन सक्छ । 
पुरुषलाई पिसाब पोल्ने अन्य कारणहरु प्रोस्टेट ग्रन्थीको संक्रमण वा उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्नु पनि हो । 
  
पिसाब पोल्ने सँगसँगै अरु के लक्षण देखिन सक्छ :
यी रोगहरुमा पिसाब पोल्नेका साथसाथै अन्य निम्न लक्षणहरु पनि देखिन सक्छ ।  

पिसाब गर्न गाह्रो हुने वा दुख्ने 
चाडो चाडो पिसाब लाग्ने 
पिसाब थाम्न गाह्रो हुने
पिसाबमा रगत देखिने
पिसाबको रंग बदलिने वा गाडा हुने 
दायाँ वा बायाँ कम्मर दुख्ने 
ज्वरो आउने, टाउको दुख्ने, काम्ने, चिडचिड पसिना आउने   

जाँच कसरी गर्ने :
माथिका लक्षणहरु देखिएमा तुरुन्त अस्पताल गएर पिसाब पोल्नुको कारण के रहेछ भनेर जानकारी लिइहाल्नुपर्छ । 

त्यसको निम्ति अवस्था हेरेर चिकित्सकको सल्लाह बमोजिम पिसाबको जाँच, रगतको जाँच, भिडियो एक्सरे आदि  गराउनुपर्छ ।  

उपचार के हो :
पिसाब पोल्ने एउटा लक्षण मात्र भएकाले कुन रोगको कारण यो लक्षण देखिएको हो थाहा पाएर त्यसै अनुरुप उपचार  गराउनु पर्छ । संक्रमण भएमा चिकित्सकको सल्लाह बमोजिम घरैमा वा अस्पताल बसेर एन्टीबायोटिक खानुपर्छ ।

पत्थरीको भएको भए आकार अनुसार शल्यक्रिया गरेर वा नगरेरै पनि अन्य विधिबाट उपचार गर्न सकिन्छ ।  

पिसाब पोल्नबाट बच्ने उपायहरु :
यथेष्ट मात्रामा पानी पिउने ।
कम्तीमा पनि दीनको दुई लिटर पानी पिउनाले संक्रमण वा पत्थरी दुबैमा फाइदा गर्छ र  पिसाब पोल्ने कम हुन सक्छ ।  
यौनाङ्गको सरसफाइमा ध्यान दिनाले संक्रमणबाट जोगिन मद्दत पुर्याउँछ । 
यौनरोगहरुबाट बच्न विभिन्न सावधानीका उपायहरू अपनाउने ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts