नाकको एलर्जी किन हुन्छ ?



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, १३ मंसिर । वातावरणीय प्रदुषणका कारण मानव स्वास्थमा समस्या देखिने क्रम बढ्दो छ । विशेषगरी प्रदुषणका कारण श्वासप्रश्वासजन्य समस्याबाट शहरी क्षेत्रमा बस्ने मानिसहरू बढी पीडित भइरहेका छन् । वातावरणीय प्रदुषणका कारण शरीरका जुनसुकै अंगमा एलर्जी हुने क्रम बढ्दो छ । त्यसमा पनि नाकको एलर्जी बढी देखिहरेको छ ।
 नाकको एलर्जी किन हुन्छ ?
 वातावरणलाई शरीरले सहजै स्वीकार गर्न नसक्नु वा शरीरको प्रतिरक्षा प्रणाली संवेदनशील भएर वातावरणसँग घुलमिल हुन नसक्दा हुने समस्या एलर्जी हो । शरीरलाई आवश्यक अक्सिजन नाकमार्फत लिने हुँदा प्रदुषणयुक्त वातावरणसँग नाकको पहिलो सम्पर्क हुन्छ भने समस्या पनि सबैभन्दा पहिला नाकमा हुन्छ । प्रदुषणका कारण सबै भन्दा बढी नाकमा एलर्जी हुनसक्छ । नाकको एलर्जीलाई बेवास्ता गरे यसले दम रोग समेत निन्त्याउन सक्छ । यसकारण एलर्जीको लक्षण देखिना साथ चिकित्सकसँग परामर्श लिनुपर्छ ।  

 के हो नाकको एलर्जी ?
 हावामा भएका प्रदुशित कणहरू हाम्रो शरीरले रुचाउँदैन । शरीरभित्र पसेका यस्ता कणलाई नाकले बाहिर फ्याल्न खोज्छ जसले गर्दा हाँछ्यू आउने, नाक थुनिने, श्वसाप्रश्वास बढ्ने, पातालो सिंगान बग्ने, घाँटी खसखस गर्ने हुन्छ । यस्तो हुनु नै नाकको एलर्जी हो ।  

vayoda

लक्षण :
नाक बन्द हुने ।

स्वाँ स्वाँ बढी हुने ।

पतलो सिंगान बग्ने ।

 हाँछ्यू आउने ।  

लामो समयसम्म एलर्जी भइरहे पिनास हुने,

टाउको दुख्ने, नाकभित्र मासु पलाउने ।  

बच्चाहरूमा दुखाई हुने, सुत्न गाह्रो हुने ।
 

नाकको एलर्जीबाट बच्ने उपाय :
– एन्टिबायोटिको अनावश्यक प्रयोग नगर्ने (खासगरी बच्चाहरुमा)।  
 – गर्भवतीले धूमपान नगर्ने, अरुले पनि घरभित्र चुरोट सेवन नगर्ने। 
 – धुवाँ निस्कने सामाग्री दाउरा, पात गुइँठा, कोइला आदि नबाल्ने। 
– घर भित्र हुने धुवाँ–धुलो नाकको एलर्जी हुने एक प्रमुख कारक भएकोले सोको प्रभाव कम गर्नको लागि सुत्ने डसना, तकिया आदिमा प्लास्टिक वा विशेष एलर्जी     पु्रफ फ्याब्रिकको खोल लगाउने। 
– तन्ना तथा तकियाका खोलहरुलाई हरेक हप्ता ५५ डिग्री सेल्सियस तापक्रमको पानीमा धुने। घर भित्र धुलो जम्न नदिने। 
– दराजमा राखेको कपडा आदिलाई समयसमयमा घाममा सुकाउने। 
– कार्पेटको प्रयोग नगर्ने। 
– एसी, एयर कुलर आदिको एयर फिल्टर समयसमयमा सफा गरिरहने वा बदल्ने। 
– पाल्तु जनावरहरु घरभित्र नराख्ने। 
 नाकको एलर्जी एक वंशाणुगत समस्या पनि भएकोले यसलाई औषधि उपचार, खानपान, रहनसहन, नियमित व्यायाम आदिले नियन्त्रणमा राख्न सकिन्छ तर पूरै निको पार्न कठिक हुन्छ। 
 

Hamro Doctor
Last modified on 2020-11-28 10:49:06

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts