अनुभवी र दक्ष युवा पुस्ताका डाक्टरसहित बिरामीलाई सेवा दिॅंदै शङ्खमुल हेल्थकेयर



Download our app to get more features

काठमाडौं, १७ मंसिर । दुई वर्ष अघि काठमाडौंको शङ्खमुलमा स्थापना भएको शङ्खमुल हेल्थकेयरले बिरामीलाई सबै किसिमका बहिरंग स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

स्थानीय नागरिकलाई ध्यानमा राखि उनीहरुलाई सहज होस् भन्ने उदेश्यले पोलिक्लिनिकमा आधारित रहेर बिरामीलाई सेवा दिँदै आएको शङ्खमुल हेल्थ केयरमा विशेषज्ञ परामर्श सेवादेखि निदानात्मक सेवाहरू पनि दिने गरिन्छ ।

हेल्थ केयरमा फिजिसियन, स्त्री तथा प्रसुति, बालरोग, मधुमेह तथा थाइराइड, मुटु रोग, छाती रोग, नाक, कान तथा घाँटी, ग्यास्ट्रो, हाडजोर्नी, न्युरो, दन्त रोग, छाला तथा यौन, मानसिक स्वास्थ्य, सहितका सेवाहरु प्रदान गरिने गरेको हेल्थकेयरका संस्थापक तथा कार्यकारी अध्यक्ष डा. जयेन्द्र प्रधानाङ्गले बताए ।

स्थानीय नागरिकलाई गुणस्तरीय सेवा लिनका लागि टाँढा जानुपर्ने, र साथै यातायात कठिनाइ हुने भएकाले नजिकै गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले हेल्थकेयरको स्थापना गरिएको डा. प्रधानाङ्ग बताउछन् ।

उनका अनुसार, नाम चलेका डाक्टरहरुले मात्रै गुणस्तरीय सेवा दिन्छ भन्ने बिरामी वा सेवाग्राहीको मनमा एक किसिमको भ्रम जस्तै बसेको देखिन्छ । यूवा पुस्ताहरुले पनि गुणस्तरीय सेवा दिन सक्छन् र दिइरहेका छन् भन्ने कुरालाई पनि ध्यानमा राखेर हेल्थकेयर स्थापना गरिएको उल्लेख गरे ।

उनी भन्छन्, ‘अनुभवी र दक्ष युवा पुस्ता डाक्टरहरुले पनि गुणस्तरीय सेवा दिन सक्छन् र उनीहरुलाई पनि मौका दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’ हेल्थ केयर म्यानेजमेन्टमेन्ट सम्बन्धी पनि ज्ञान भएका डा. प्रधानाङ्गले कोभिडको बेलापनि बिरामीलाई सहज होस् भनेर सबै सेवाहरुको उचित व्यवस्थापन गरिएको बताए ।

दैनिक ५० देखि एक सय बिरामीहरुलाई सो पोलिक्लिनिकले सेवा दिदै आएकोमा, कोभिड महामारीका कारण अहिले बिरामीको संख्यामा कमी आएपनि अनलाईन माध्यमबाट सेवा प्रदान गर्ने काम जारी रहेको छ ।

हेल्थकेयरमा डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, प्याथोलोजी ल्याब, माइनर अप्रेशन, फिजियो थेरापी, अडियोग्राम तथा स्पिच थेरापी लगायतका पनि सेवा दिने गरिन्छ ।

कोरोना महामारीलाई ध्यानमा राखी पोलिक्लिनिकमा भिड कम गर्न र सामाजिक दुरी कायम गर्न अहिले अनलाईन एप्वाइन्टमेन्ट लिन सक्ने व्यवस्था गरिएको छ ।

Hamrodoctor App र shankhamulhealthcare.com वेबसाईटमा गएर पनि एप्वान्टमेन्ट लिन सकिन्छ ।

हेल्थकेयरका ५ जना संस्थापक सदस्यसहित विभिन्न विधाहरूका १६ जना चिकित्सकहरूले परामर्श सेवा दिईरहेका छन् भने १२ जना कर्मचारीहरु कार्यरत रहेका छन् । विशेषज्ञ चिकित्सकहरू राष्ट्रिय स्तरका स्वास्थ्य संस्थामा आवद्ध छन्।

हेल्थ केयरलाई भविष्यमा अपग्रेट गर्दै अस्पतालमा परिणत गरि स्थानीय नागरिकलाई थप स्वास्थ्य सेवा दिने सोच रहेको छ ।

हेल्थ केयरले विभिन्न संघसंस्थासँगको समन्वयमा बेला बेलामा स्वास्थ्य शिविरहरुको पनि आयोजना गर्ने र नागरिकलाई स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।

Last modified on 2020-12-02 21:19:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts