बाथरोगीले औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा



Download our app to get more features

जाडो मौसममा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखिन थाल्छ । तीनै मध्येको एक हो बाथ रोग । जाडो मौसममा बाथ रोग सम्बन्धी समस्या अन्य समयको भन्दा बढी देखिन थाल्छ । त्यसकारण जाडो मौसममा बाथ रोगीले विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

बाथरोग नसासम्बन्धी समस्या हो । जोर्नीमा बाथरोगले बढी दःख दिन्छ । बाथरोगको उपचार हुन्छ । तर, जाँचपछि औषधि सेवन गर्ने क्रममा बिरामी धेरै नै सचेत हुनुपर्छ । बाथरोग विशेषज्ञको सुझावलाई हुबहु पालना नगरेको अवस्थामा रोगीको अवस्था जटिल बन्न सक्छ । तपाईँ पनि बाथरोगको औषधि सेवन गर्दै हुनुहुन्छ भने डा.विनय रेग्मीले ध्यान दिनुपर्ने कुरा बताएका छन्:

► बाथरोग औषधि धेरै किसिमका हुन्छन् भने सेवन पनि लामो समयसम्म गर्नुपर्ने हुन्छ । बिरामीले औषधि कहिलेसम्म खाने, कहिलेदेखि मात्रा घटाउँदै लैजाने र कति समय खाएपछि छाड्ने भन्ने प्रक्रिया पालना गर्नुपर्छ । सम्बन्धीत चिकित्सकको परामर्शमा मात्रै यसो गर्न सकिन्छ ।

► बाथरोगका औषधिहरु ‘इम्युनोसप्रेसिभ’ ९रोगप्रतिरोधात्मक क्षमता कम गर्ने किसिमका० हुन्छन् । त्यसैले यी औषधिका असरबारे बिरामी जानकार हुनुपर्छ । यी औषधिले रगत कम गराउने, कलेजोमा असर पुर्याउने हुन्छ । यसकारण बिरामीले औषधिको असर बुझ्न चिकित्सकको सुझावअनुसार रगत र पिसाबको जाँच, एक्स–रे लगायत गर्नुपर्ने हुन्छ । चिकित्सकको सुझाव पालना नगर्दा नकारात्मक परिणाम निम्तिन्छ ।

► खाने औषधिबाहेक सुइमार्फत नसामा या छालाको बोसोमा पनि औषधि दिइन्छ, जसलाई बायोलोजिक्स भनिन्छ । यी सुईहरु कुनै हप्तामा दुई एक पटक त कुनै दुई महिनामा एक पटक दिइने किसिमका हुन्छन् । खाने औषधिले ठिक नगरेपछि सुई प्रयोग गरिन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts