क्वारेन्टीनमा बस्दा के खाने, के नखाने ? विश्व स्वास्थ्य संगठनको सुझाव



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

दैनिक बिहान उठेर काम र कार्यालयमा जान हतार हुने मानिसहरुको रुटिनमा पनि परीवर्तन आएको छ। व्यायामदेखि खानेकुरासम्म सबैमा फरक परेको छ। क्वारेन्टीनमा रहँदा स्वास्थ्यमा झनै ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि नयाँ निर्देशिक जारी गरेको छ। जसमा क्वारेन्टीनमा रहँदा के खाने, के नखाने, कति र कसरी खाने लगायत विषय उल्लेख गरिएको छ। जसले सेल्फ क्वारेन्टीइनमा रहँदा स्वस्थ रहन हरेकलाई मद्दत गर्नेछ। 

vayoda

डब्लुएचओले दिएको दिएको टिप्स :
—    योजना बनाउनुहोस्, तपाईलाई आवश्यक भएको मात्र लिने 
अभावको डरले एकैपटक धेरै अनि अनावश्यक सामान खरिद गर्ने धेरैको बानी छ। तर यो व्यवहारत ठिक होइन। सामान खरिद गर्नुभन्दा पहिले घरमा आफुसँग कुन कुन सामान कति मात्रामा छ भनेर थाहा पाउनुपर्छ, त्यसपछि मात्र योजना बनाउनुपर्छ। आवश्यक भएको सामान मात्र खरिद गर्नुपर्छ। 

—    सामग्रीको उपयोग बारे रणनीति बनाउने, ताजा उत्पादनलाई प्राथमिकता दिने
ताजा सामग्रीलाई मात्र प्राथमिकता दिनुपर्छ। फलफूल, तरकारी, डेरीजन्य उत्पादन सधै ताजा खरिद गर्नुपर्छ। यदी फ्रोजन फलफूल र तरकारी भएपनि यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ। फ्रोजन गरिएको तरकारी र फलफूललाई फ्रिजमा राखेर खराब हुनबाट बचाउन सकिन्छ। 

—    घरमै खाना बनाउनुहोस् 
नियमित काम र कार्यालयमा जाने समयमा दैनिक रुपमा घरमै खाना बनाउन समय नहुन पनि सक्छ। कतिले त बाहिर होटल तथा रेष्टुरेण्टमा खाना खाने गर्छन्। तर अहिले सबैसँग धेरै समय छ। त्यसैले घरमै खाना बनाउनुपर्छ।

—    फूड डेलिभरीको फाइदा लिनुहोस् 
स्वास्थ्यका हिसाबले घरमा तयार खानालाई प्राथमिकता दिनुपर्छ। तर कतिपय देशमा फूड डेलिभरी एउटा राम्रो विकल्प हुन सक्छ। जुन तयारी खाना र मानिससँग कम सम्पर्क हुने गर्छ। जसले मासिनबीच हुने अन्र्तक्रियालाई कम गर्न मद्दत पनि गर्छ। त्यसैले यो समयमा फूड डेलिभरीको फाइदा पनि उठाउन सकिन्छ। 

—    खानाको आकारमा सचेत रहनुपर्छ
खाना खाँदा हामीले खानको भागमा सधै सचेत रहनुपर्छ। एकै पटक धेरै खाने गर्नु हुँदैन। उमेर र आवश्यकता अनुसार मात्र खानुपर्छ। बालबालिका र युवाहरु लिने खानाको भाग फरक हुनुपर्छ। 

—    सुरक्षित खाना बनाउनका लागि चाहिने अभ्यास
यदी खाना सुरक्षित रुपमा तयार बनाउन सक्यौ भने हामी स्वस्थ रहन सक्छौ। त्यसैले खाना बनाउँदा सधै सुरक्षित अर्थात् सरसफाईमा ध्यान दिनुपर्छ। खानालाई फोहोर हुनबाट र संक्रमणबाट जोगाउनुर्छ। खाना बनाउनु अघि र बनाई सकेपछि हात सफा गर्नुपर्छ। खाना राम्रोसँग पकाउनुपर्छ। सफा पानीको प्रयोग गर्नुपर्छ। 

—    नुनको सेवन कम गर्ने 
नुनको अधिक सेवन स्वास्थ्यका निम्ति घातक हुन सक्छ। डब्लुएचओले प्रतिदिन पाँच ग्राम भन्दा पनि कम नुन सेवन गर्न सुझाव दिएको छ। कतिपय तयारी खानामा नुनको प्रयोग धेरै गरिएको हुन्छ। त्यसैले नुनको सेवन गर्दा र खाना बनाउँदा यसको मात्रालाई सधै ध्यान दिनुपर्छ।

—    चिनीको सेवन कम गर्ने
नुनसँगै चिनीको सेवन पनि कम गर्नुपर्छ। यदी हामीलाई केही गुलियो खान मनपर्छ भने फलफूललाई सधै प्राथमिकतामा राख्नुपर्छ। फ्रोजन फलफूल, जुस, सिरप जस्ता खानेकुरा पनि यसको विकल्प हुन सक्छ। यदी हामीले कुनै मिठाई खान्छौ भने त्यसमा चिनीको मात्रा निकै कम हुनुपर्छ। विभिन्न पेय पदार्थमा प्रयोग गरिने चिनीको मात्राबाट पनि बच्नुपर्छ।

—    चिल्लोको प्रयोगलाई कम गर्ने
धेरै चिल्लो पदार्थ पनि शरीरको लागि राम्रो मानिदैन। खाना बनाउँदा सधै कम चिल्लो हुने गरी पकाउनुपर्छ। जस्तै, उमाल्ने, ग्रिल गर्ने अथवा सुख्खा तरिकाले फ्राई गर्ने। यदी आवश्यक भएमा जैतुन, सूर्यमुखी जस्ता तेललाई थोरै मात्रामा पनि प्रयोग गर्न सकिन्छ। बोसोयुक्त मासु, डेरीजन्य उत्पादन, नरिवलको तेल लगायत खाद्य पदार्थलाई सकेसम्म कम गर्नुपर्छ। तयारी खाना जस्तै, बिस्कुट, फ्रोजन पिज्जा, कुकिज लगायत प्रशोधित खाना स्वास्थ्यका लागि राम्रो मानिदैन। 

— फाइबरको पर्याप्त सेवन
फाइबरयुक्त खाना स्वास्थ्यका लागि राम्रो मानिन्छ। यसले धेरै खानबाट पनि बचाउँछ। सागसब्जी, फलफूल, अनाज यी सबै फाइबरयुक्त खानेकुरा हुन्। फाइबरयुक्त खानेकुरा हामीले पर्याप्त मात्रा खानुपर्छ। 

—    पर्याप्त मात्रा पानी पिउने
पर्याप्त मात्रा पानी पिउनु अति आवश्यक छ। शरीरमा पानीको अभाव भए विभिन्न स्वास्थ्य समस्या आउन सक्छ। त्यसैले सफा पानी पर्याप्त मात्रा पिउनुपर्छ। फलफूलको मात्रालाई पनि बढाउन सकिन्छ। तर धेरै कफी, चिया र पेय पदार्थको प्रयोग भने गर्नु हुँदैन। 

—    धूमपान र मादक पदार्थको सेवन नगर्ने
धूमपान र मादक पदार्थको प्रयोग गर्नु हुँदैन। यसले शरीरमा विभिन्न रोग निम्त्याउने गर्छ। सेल्फ क्वारेन्टाइनमा रहँदा झनै धूमपान र अल्कोहल प्रयोग गर्नुहुँदन। किनभने यसले मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ। साथै विभिन्न दुर्घना निम्याउन पनि सक्छ। धूमपान र अल्कोहल स्वस्थ खानेकुरा र जीवनशैलीको हिस्सा होइन, त्यसलै यसको प्रयोग गर्नु हँदैन। 
 

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts