कोरोनाको नक्कली रिपोर्ट प्रकरणमा स्टारले भन्योः हामीले दिएको रिपोर्टमा कुनै त्रुटि छैन



Download our app to get more features

काठमाडौं, ९ मंसिर । सानेपास्थित स्टार हस्पिटलले कोरोनाको नक्कली रिपोर्ट प्रकराण्मा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेको छ ।

अस्पतालले मंगलवार पत्रकार सम्मेलन गरि आफूले गरेको कोरोना परीक्षण र त्यसबाट आएको रिपोर्टमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ । अस्पतालले आरटी पिसिआरका लागि संकलन गर्ने नमूना र परीक्षण विधि अन्तर्राष्ट्रिय मापदण्डको भएको भन्दै त्यसमा कुनै शंका नगर्न पनि आग्रह गरेको छ ।

पछिल्लो साता केही सञ्चारमाध्यममा स्टार अस्पतालको प्रयोगशालाले परीक्षण नै नगरी पिसिआर रिपोर्ट नेगेटिभ उपलब्ध गराएको, त्यहाँको प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट पाएका हवाई यात्रुहरु हङकङ तथा युएई लगायतमा मुलुकका एयरपोर्टमा जाँच गर्दा पोजेटिभ आएको जस्ता विषय उठेका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले भने, ‘हाम्रो प्रयोगशालामा पिसिआर जाँच गराएका केही हवाई यात्रुको रिपोर्टको विषयमा प्रश्न उठेछन्, स्वास्थ्य मन्त्रालयले त्यस विषयमा सत्य तथ्य बुझ्नका लागि उच्चस्तरीय कमिटी नै खडा ग¥यो । अहिले सो कमिटिले प्रतिवेदन बुझाई सकेको छ । अनुसन्धान पछि सो कमिटिले दिएको प्रतिवेदनमा हाम्रो प्रयोगशालाबाट परीक्षण गरिएका कुनै पनि नमूनामा गलत नभएको ठहर गरेको छ ।’

डा. रुपाखेतीले मन्त्रालयले नेगेटिभको एक महिना र पोजेटिभ हुनेको ३ महिनासम्म नमूनाहरु भण्डारण गर्ने निर्देशन बारे आफूलाई जानकारी नआएको र कुनै निर्देशन नै नभएको दावी गरे ।

‘पुरानो मापदण्डमा अहिले भनिएको व्यवस्था थिएन । हामीले सोही मापदण्ड अवलव्बन ग¥यौँ । अर्को कुरा करोडौ लगानी थपेर हामीले महामारीविरुद्ध गुणस्तरीय सेवा उपलव्ध गराउने योजना ग¥यौँ र गरिरहेका छौँ । परीक्षण मात्रै होइन, अरु अस्पतालले कोभिड भनेर भर्ना नलिएका थुप्रा विरामीहरु हामीले लिएका छौँ । हामीसँग नमूना भण्डारण गर्ने क्षमता पनि छ भने किन यस्तो गर्नु ?’ उनले प्रतिप्रश्न गर्छ ।

अस्पतालका अध्यक्ष किशोर महर्जनले कोरोना परीक्षण र उपचारमा ब्राण्ड बनिसकेको अस्पतालले नक्कली र गलत काम गर्छ भनेर सोच्न पनि नमिल्ने बताए । 

अस्पतालका कोभिड युनिट इन्चार्ज डा अनिल पोखरेलले लक्षण भएका संक्रमितको उपचार गर्न र निको पार्नका लागि आफूहरुले कुनै कसर बाँकी नराखेको बताए । 

Last modified on 2020-11-24 18:47:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts