जन्तेढुंगामा ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परामर्शको व्यवस्था



Download our app to get more features

खोटाङ, ५ माघ ।  खोटाङको जन्तेढुंगा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य परामर्श प्रदान गर्न सुरु गरिएको छ ।

उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन थालिएको हो । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्ने सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।  

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्याका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्थाका लागि यो कार्यक्रम सुरु गरिएको हो । ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्नका लागि सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको छ । 

ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएरअघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः अन्य पाँच वडामा विस्तार गरिने गाउँपालिकाले जनाएको छ । यस्तै, गाउँपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउनका लागि उनीहरुको तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts