कोसी राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना बिरामीको मृत्यु, ३ जना घाइते



Download our app to get more features

मोरङ, १५ मंसिर । विराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डल रहेका छन् । एक्कासि दमको समस्या बढेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिँदै थियो । 

सप्तरीबाट बिरामी बोकेर बिराटनगरतर्फ आउँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय ट्रकमा राति करिब १ बजे ठोक्किएको थियो । 

एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले बताए । उनले घटनामा परि थप ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परि एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स चालक हरिनारायण यादव भने फरार छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts