कोरोना संक्रमितको उपचारमा शुल्क लिने अस्पताललाई कारबाही गरिने



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, २२ मंसिर । सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने अस्पताललाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुले कोरोना संक्रमितको उपचारको दोहोरो शुल्क लिएको जनगुनासो बढेपछि सूचीकृत अस्पतालहरुलाई शुल्क नलिन निर्देशन दिएको हो ।
 
मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले कोरोनाको उपचार गरेबापत केही अस्पतालहरुले ओपिडी लगायतका सबै किसिमका सेवाहरुमा केही प्रतिशत खर्च जोडेर शुल्क लिने कामहरु गरेको गुनासो बढेपछि त्यो नगर्न नगराउन निर्देशन दिइएको बताए ।

vayoda

उनले कोरोनाको दोहोरो शुल्क लिएको पाइएमा नियमानुसार कारबाही गर्ने भन्दै सचेत समेत गराइएको बताए ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts