भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित ३० वर्षीया युवतीको मृत्यु



Download our app to get more features

चितवन, २० मंसिर । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–८ की ३० वर्षीया युवतीको शनिवार बिहान ९ः३० बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएको छ । ज्वरो, खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनीलाई यहि मंसिर १४ गते अस्पताल भर्ना गरिएको थियाे ।

उनमा मंसिर १५ गते संक्रमण पुष्टि भएको थियाे । उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि मंसिर १७ गते देखि कोभिड आईसियूमा राखेर उपचार शुरू गरिएको थियाे । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको अस्पतालले जनाएको छ । उनमा जटिल प्रकृतिको कोभिड निमाेनिया समेत देखिएको थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts