चितवनमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, मृत्यु हुनेको संख्या एक सय नजिक



Download our app to get more features

चितवन, २६ मंसिर । चितवनमा कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ हजार नाघेको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिहीवार दिउँसोसम्म जिल्लाभर ६ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म पाँच हजार ५ सय ३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ९१ दशमलव ६९ प्रतिशत हो । 
संक्रमित हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकामा मात्रै ४ हजार २ सय ८९ जनामा संक्रमण देखिएको हो । त्यसमध्ये तीन हजार ९ सय ३ जना निको भइसकेका छन् । त्यस्तै ३ सय २७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरि रत्ननगर नगरपालिकामा ७ सय २५ संक्रमित मध्ये ६ सय ८२ जना निको भएका छन् । राप्ती नगरपालिकामा ३ सय ६ संक्रमित मध्ये दुई सय ८९ जना निको भएका छन् । खैरहनी नगरपालिकामा ३ सय ८९ संक्रमित मध्ये ३ सय ६४ जना निको भएका छन् । कालिका नगरपालिकामा एकसय ८० संक्रमित मध्ये एकसय ६० जना निको भएका छन् । माडी नगरपालिकामा एकसय १३ संक्रमित मध्ये एकसय ५ जना निको भएका छन् । त्यस्तैगरी इच्छाकामना गाउँपालिकामा ३६ संक्रमित मध्ये ३३ जना निको भएका छन् ।

चितवनमा संक्रमित हुनेमा महिलाभन्दा पुरुष बढी छन् । अहिलेसम्म ३ हजार ६ सय ६ जना पुरुष र २ हजार ४ सय ३१ जना महिलामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ९७ जनाको मृत्यु भएको छ । यो मृत्युदर जिल्लाभर कुल संक्रमितको एक दशमलव ६ प्रतिशत हो । मृत्यु हुनेमा ५९ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ३८ जना जिल्लाका अन्य पालिकाका छन् । जिल्लामा माडी नगरपालिकामा भने अहिलेसम्म संक्रमित मध्ये कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तैगरी जिल्लामा बिहीवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या ४ सय ५ रहेको छ । त्यसमध्ये ३ सय ५१ जना होम आइसोलेसन, २६ जना संस्थागत आइसोलेसन र २८ जना अस्पताल भर्ना भई उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts