किन हुन्छ जाडोमा बढी हृदयघात ? जोगिनका लागि अपनाउनुस् यी उपाय



Download our app to get more features

व्यस्त जीवनशैली, खानपानमा सचेतता नअपनाउनु, निस्क्रिय जीवनशैलीका कारण पछिल्लो समय हृदयघातका बिरामी तिव्र रुपमा बढीरहेका छन् । यस्तो समस्या  जाडो र चाडबाडको बेलामा अझै बढ्ने गरेको छ । चाडबाड र जाडोमा हृदयघात बढी हुने सम्भावना, कारण र जोगिने उपायबारे वरिष्ठ मुटुरोग विशेषज्ञ अरुण सायमीको भनाइ यस्तो छ ।

कुनै समय हृदयघातलाई धनी र बुढाबुढीलाई मात्रै लाग्ने रोग भनेर बुझिन्थो । तर, अहिले यो जुनसुकै उमेर र तहका व्यक्तिलाई हुन थालेको छ । प्रत्येक महिना हृदयघातका बिरामी बढ्ने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

जाडो र चिसोमा हृदयघात बढी हुने कारण 

चाडबाडमा विभिन्न रोगका नयाँ बिरामी बढ्छन भने पहिलेदेखिनै रोग भएकालाई पनि बढी च्याप्ने गर्छ । चाडबाडमा अधिकांशले खानपानमा आवश्यक सचेतता नअपनाउँदा यस्तो अवस्था आउनसक्छ । चाडबाडका बेला अन्य समयमा भन्दा दैनिकीमा फेरबदल हुँदा उच्च रक्तचाप, मधुमेह लगायतका रोगीलाई पनि समस्या पर्न गर्छ । जसको असर मृटुमा पनि पर्ने गर्छ । 

चिसोका कारण भ्याजुस्पाजम अर्थात मुटुका रक्तनलीहरु एक्कासी बन्द हुन सक्छ । जसले गर्दा मुटुको कुनै भागमा तत्काल रक्तसञ्चार अवरोध हुन्छ र हृदयघात हुनसक्छ । मुटुको नसामा नै असन्तुलन भयो भने आकस्मिक हृदयघात भई मानिसको मृत्यु समेत हुन्छ । 

लक्षण :

हुन त हृयदयघात एक्कासी देखा पर्ने समस्या हो । अधिकांश मानिसले लक्षण नै थाहा पाउँदैन्न् । तर, निम्न अवस्था आए सचेत हुनुपर्छ ।  

  • उकालो हिड्दा, भर्याङ चड्दा स्वाँ स्वाँ हुने ।
  • श्वास फेर्न असजिलो हुने ।
  • पसिना बढी आउने ।
  • छातीको बीच भागमा दुख्ने ।
  • शरीर आलास्य हुने, वान्ता आउने ।
  • खाना मन नलाग्ने ।

हृदयघातबाट जोगिन यसो गर्नुहोस:

  • रातो मासु, चिल्लो, कार्बोहाइडेट, मसलेदार परिकार नखाने ।  
  • पहिले नै रोग भएका बिरामीले खानामा ध्यान दिने । 
  • धुम्रपान नगर्ने ।
  • चिसोबाट जोगिने ।
  • चिसोमा मर्निङ वाक नगर्ने ।
  • सक्रिय जीवनशैली अपनाउने ।
  • तनाव कम गर्ने । 
  • नियमित शारीरिक व्यायम गर्ने ।
  • स्वास्थ खानपानमा ध्यान दिने ।

चिसोमा बिहान भन्दा बेलुका वा अन्य समयमा वाक गर्नु राम्रो हुन्छ । (धेरैलाई हृदयघात विहानको समयमा हुने गरेको छ । कारण बिहानको मसयमा स्नायु प्रणालीलाई सक्रिय बनाउने हर्मोन बढी हुन्छ । यस्तो अवस्थामा सन्तुलित हर्मोन प्रवाह हुन सकेन भने हृदयघात हुनसक्छ ।) 

  • तौल तथा रक्तचाप नयन्त्रणमा राख्ने । 
  • धुम्रपान तथा मध्यपान नगर्ने ।
  • नियमित स्वास्थ परीक्षण गर्ने ।
  • मुटु सम्बन्धी कुनै पनि समस्या भए चिकित्सकले भने बमोजिम औषधि सेवन गर्ने । 

ह्दयघातको समयमै उपचार गराए बच्न सकिन्छ :

अझै पनि हृदयघात भयो भने उपचार गराए पनि मृत्यु हुन्छ भन्ने धेरैको बुझाई छ  । तर त्यसो होइन्, हृदयघात हुने बितिकै वा जति सक्दो छिटो अस्पताल पुर्याए बिरामीको अवस्था हेरी आवश्यक उपचार पद्धति अबलम्वन गरेर हृदयघात भएका ९० प्रतिशत मानिस बचाउन सकिन्छ । यदि अस्पताल लग्ने अवस्था छैन भने पनि साधारण मेडिकलमा पाइने एसप्रीन नामको औषधि तीन सय मिलिग्राम चपाएर खाने । यसले हृदयघातको जोखिमलाई केही हदसम्म कम गर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts