चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नजिक

भरतपुरमा मात्रै ५९ जनाको मृत्यु, माडीमा शून्य



Download our app to get more features

चितवन, २२ मंसिर । चितवनमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नजिक पुगेको छ । 

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोमबार दिउँसोसम्म जिल्लाका कोरोना संक्रमित मध्ये ९७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ भने माडी नगरपालिकामा अहिलेसम्म एक जना संक्रमितको पनि मृत्यु भएको छैन ।

मृत्यु हुनेमा ५९ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ३८ जना जिल्लाका अन्य पालिकाका रहेका छन् ।

त्यस्तै, चितवनमा संक्रमित भएकामध्ये ३ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसन र अस्पतालमा समान २६/२६ रहेका छन् । यसरी अहिले जिल्लाभर ३ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कुल संक्रमितको संख्या पाँच हजार ९ सय ६२ जना पुगेको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म ५ हजार ४ सय ७१ जना संक्रमणमुक्त भइसकेका छन् ।

Last modified on 2020-12-08 06:37:15

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts