ॐ अस्पतालको सिइओमा यामबहादुर महत



Download our app to get more features

काठमाडौ, १ पुस । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा यामबहादुर महत नियुक्त भएका छन्। नवनियुक्त सिइओ महतले आज पदबहाली गरेका छन्।

ॐ अस्पतालकै इतिहासमा पहिलोपटक सिइओ पदको व्यवस्था गरिएको हो। 

नवनियुक्त सिइओ महतको पदबहाली कार्यक्रममा अस्पतालका अध्यक्ष उद्धब पौडेलले अस्पताल चल्नुमा कर्मचारी, सेयर सदस्य र चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी मुख्य तीनवटा समुहको आड र भरोसा रहेको बताए। 

कार्यक्रममा नवनियुक्त सिइओ महतले केही समयमा नै अस्पताललाई निजी क्षेत्रबाट सञ्चालित प्रमुख स्वास्थ्य गन्तव्यको रुपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। 

त्रिभुवन विश्वविद्यालयबाट बिजनेस डेभलपमेन्टमा स्नातकोत्तर, सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत महतले तिलगंगा आँखा अस्पताल, स्टान्डर्ड चार्टर्ड बैंक लगायतका संस्थाका नेतृत्वदायी पदहरुमा रहि सेवा गरिसकेका छन्।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts