कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले मनायो १३ औं वार्षिकोत्सव



Download our app to get more features

काठमाडौं, १ पुस । कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर १४ औं वर्षमा प्रवेश गरेको छ । 

काठमाण्डौं विश्वविद्यालयद्वारा सम्न्बधन प्राप्त तथा नेपाल मेडिकल काउन्सिलको स्वीकृतिमा सञ्चालित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले बुधवार १३ औं वार्षिकोत्सव मनाएको छ ।

स्थापना कालदेखि हालसम्म कान्तिपुर डेन्टल शिक्षण अस्पतालले एक लाखभन्दा बढी दन्त स्वास्थ्य बिरामीहरुमा सेवा पु¥याउनुको साथै ब्यचलर ईन डेन्टल सर्जरी (BDS) तर्फ २ सय ८८ जना र १६ जना मास्टर इन डेन्टल सर्जरी (MDS) तर्फ बिषेशज्ञहरु उत्पादन गरिसकेको छ । 

त्यसैगरि सेन्टरले प्राविधिक व्यवसायिक तालिम परिषदको सम्न्धनमा २०६९ सालदेखि सञ्चालित सर्टिफिकेट इन डेन्टल साइन्स तर्फ १ सय ८ जना र डिप्लोमा ईन फार्मेसी तर्फ १ सय ३५ जना प्राविधिकहरु उत्पादन गरिसकेको छ ।

२०७० साल अश्विन महिनादेखि १ सय शय्याको जनरल हस्पिटल समेत शुरु गरिएको कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल तथा रिसर्च सेन्टरमाKDC – Oral & Maxillofacial Trauma Center and Dental Implant Center को समेत सञ्चालनमा रहेको छ ।


अस्पतालमा बढ्दै गईरहेको सडक दुर्घटना, लडेर हुने दुर्घटना, खेलकुद दुर्घटना, घरेलु हिंसा तथा खुँडेपनको अत्याधुनिक उपचारको केन्द्रको रुपमा यस अस्पतालमा नेपालमै पहिलो Oral & Maxillofacial Trauma Center को सुरुवात तथा आधुनिक प्रसाधनको रुपमा लिईने Dental Implant बाट स्वस्थ प्राकृतिक दाँत जस्तै दाँत रोप्ने प्रविधिको केन्द्रको रुपमा Dental Implant Center को सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए ।
 
उनले जनताको मुख स्वास्थ्यमा सुधार ल्याउनका लािग कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले मुलुकका ५५ भन्दा बढी जिल्लाहरुमा मुख तथा दन्त स्वास्थ्य सम्न्धी जानकारी गराउनुका साथै देशका विभिन्न ठाउँहरुमा निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्य अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको जानकारी गराए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts