राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनमा डा श्रेष्ठ



Download our app to get more features
Spark_health_home

काठमाडौं, १३ असोज । सरकारले राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा डा शिलु श्रेष्ठलाई नियुक्त गरेको छ ।

त्रिपुरेश्वर स्थित ब्लू क्रस हस्पिटलमा वरिष्ठ ह्याण्ड एण्ड रिकन्स्ट्रकटिप माईक्रो सर्जरी सर्जनको रुपमा आंशिक रुपमा कार्यरत डा श्रेष्ठलाई सरकारले ट्रमाको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा नियुक्त गरेको हो ।

vayoda

लोक सेवाको एघारौं तहको जाँच उत्तीर्ण गरेकी डा श्रेष्ठलाई भदौ १ गते बसेको मन्त्रीपरिषदको बैठकबाट नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १८ अनुसार ट्रमा सेन्टरको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा नियुक्त गरेको हो ।

उनको सफल कार्यकालका लागि ब्लू क्रस हस्पिटल कार्यकारी समितिले शुभकामना व्यक्त गरेको छ ।

सिंगापुर स्थित नेशनल युनिभर्सिटि हस्पिटलबाट तालिम प्राप्त गरेपछि अमेरिकाका स्ट्यान्डफोर्ड युनिभर्सिटि, श्रीनर्स हस्पिटल, युनिभर्सिटि अफ क्यालिफोर्निया तथा अन्य विश्व प्रशिद्ध युनिभर्सिटीहरुबाट अनुभव हासिल गरेकी डा श्रेष्ठ हाल त्रिपुरेश्वर स्थित ब्लू क्रस हस्पिटलमा वरिष्ठ ह्याण्ड एण्ड रिकन्स्ट्रकटिप माईक्रो सर्जरी सर्जनको रुपमा आंशिक रुपमा कार्यरत छिन् ।

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts