डा.बुद्धिमान श्रेष्ठको दोस्रो गीत बैगुनी-२ बजारमा



Download our app to get more features

काठमाडौ, २९ असोज ।  कान्तिपुर डेन्टल कलेज तथा अस्पतालका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले बैगुनी भाग २ सांगीतिक बजारमा ल्याएका छन् । कलेजका सञ्चालक तथा डाक्टर हुदा हुदै पनि गीत संगितलाई माया गर्दै आएका श्रेष्ठले  बैगुनी भाग २ ल्याएका हुन् ।
उनको यस अघि बैगुनी १ बजारमा आइसकेको छ । पहिलो सांगितिक कोशेली ‘बैगुनी भाग १ मा ‘रेलले तान्यो र, बैगुनी छौ भन्ने कस्ले जान्यो र बोलको गित निकै चर्चामा पुगेको थियो । 

स्याङ्जाको चापाकोटमा हुने सांगीतिक कार्यक्रममा बाल्यकालबाट नै सबैलाई गित गाएर र नचाएर रमाइलो गराउने श्रेष्ठ पछिल्लो समय गीत संगितलाई निरन्तरता दिन थालेको बताउँछन् । 
सानै उमेरको रहर र सीप बिचमा कामले गर्दा समय दिन नपाएपनि आफ्नो शौखलाई मर्न नदिनको लागि गीत संगित निकालेको बताए ।
 सामाजिक अभियन्ता, दन्त चिकित्सक अनि मेडिकल इन्टरप्रेनर डा. बुद्धिमान श्रेष्ठ नेपाली गित संगीतको बजारमा पनि छुट्टै पहिचान बनाउदै आएका छन् । उनले सांगितिक क्षेत्रबाट आफूलाई एउटा कुशल गायकको रुपमा चिनाउने प्रयास गरेका छन् । 
गायिका मेलिना राईसंगको सहकार्यमा बुधबार प्रिमियर भएको ‘सितल छाँयालाई, भुल्नकहाँ सक्छु र बैगुनी हितको मायालाई ‘ बोलको यो गीत बजारमा आएको छ । जसमा शव्द संगित बादल घिमिरेको छ । म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्यको मुख्य अभिनय रहेको छ । 

पहिलो गीतबाट उत्साहित भएका डा. श्रेष्ठले दोस्रो म्युजिक भिडियो प्रिमियर हुँदाभने उनी केडीसी कोभिड १९ अस्पतालको हाइकेयर युनिटमा छन् । स्याङ्गजाको चापाकोट पुगेका उनमा फर्के लगत्तै उनमा कोभिड पोजेटीभ देखिएको थियो ।  उनले गीतको समिक्षा, प्रतिक्रया सँगै माया गर्न  दर्शकलाई अनुरोध गरेका छन् ।

Last modified on 2020-10-15 16:21:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts