सीओपीडी दमको बारेमा जान्नै पर्ने कुरा 

'विश्व सीओपीडी डे'



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, ३ मंसिर । विश्वभर दिर्घकालिन श्वासप्रश्वास सम्बन्धि रोग सिओपीडी दमबाट २५ करोड भन्दा बढी मानिसहरु प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनको ग्लोवल बर्डेन डिजिज २०१६ को प्रतिवेदन अनुसार विश्वभर प्रत्यक वर्ष ३१ लाख मानिसको मृत्यु सिओपिडीबाट हुने गरेको छ । यो कुल मृत्युदरको ६ प्रतिशत हो । हाल विश्वमा सिओपिडी अकाल मृत्युको चौथो कारण बनेको विज्ञहरु बताउँछन् । कम विकसित र अति कम विकसित मुलुकहरुमा ९० प्रतिशत मृत्यु सिओपिडी कारण हुने चिकित्सकहरुको भनाइ छ ।

सीओपीडी ' एक दीर्घकालिन श्वासप्रश्वास रोग हो । यो रोग लागेमा हाम्रो श्वासप्रश्वासमा कठिनाइ हुने गर्दछ र ध्यान नदिएको खण्डमा समयको साथ यो झनै बिग्रन सक्छ । ' सीओपीडी ' डरलाग्दो सूनिन्छ तर उचित उपचार र औषधिको सेवनले तपाईं सामान्य जिवनयापन गर्नसक्नुहुनेछ ।

यो रोग विश्वमा अहिले मृत्युको दोस्रो कारणको रुपमा चिनिएको छ । साथै अर्को महत्त्वपूर्ण कुरा यो रोग संक्रामक हुदैन । त्यसैले 'सीओपीडी' का बिरामीको साथमा बस्नाले तपाइँलाई यो रोग लाग्दैन । धूम्रपान ' सीओपीडी ' को प्रमुख कारण हो । यो रोग लागेका अधिकांश मानिसहरु धूम्रपान गरेको पाइन्छ । धूम्रपान गर्ने व्यक्तिको सम्पर्कमा रहि त्यही धुवाँमा सास फेरिरहने व्यक्तिलाई नि यो रोग लाग्न सक्दछ ।

धेरै धुलो , धुवाँहरुको सम्पर्कमा रहने व्यक्ति पनि यो रोगको को जोखिममा हुन्छन् । विभिन्न कलकारखाना ( जस्तै: कोइला, सिमेन्ट , कपडा , रसायन आदि ) मा धेरै वर्ष काम गरेका व्यक्तिहरु पनि यो रोगको जोखिममा हुन्छन् । यो रोगका लक्षणहरु देखा पर्न वर्षौ लाग्ने भएकोले यो रोग ४० वर्ष भन्दा बढि उमेरका मानिसहरुमा धेरै देखिन्छ । ' सीओपीडी ' का लक्षणहरुलाई हामीले अन्य रोगहरु वा बुढेसकालको संज्ञा दिएर भुल पनि गर्छौ ।

स्याँ : स्याँ हुने वा सास फेर्न गाह्रो हुने , लामो समय सम्म खोकी लाग्ने , खोक्दा खकार आउने यो रोगका लक्षणहरु हुन् । यी लक्षणहरु समय सङ्गै बिग्रदै जान्छ । त्यसैले समयमा उपचार नगरिएमा सामन्य कार्य गर्दा पनि तपाइँलाई साँस फेर्न अप्ठ्यारो हुन्सक्छ । ' सीओपीडी ' निश्चित गर्न व्यक्तिगत जानकारी ,शारीरिक परिक्षण र फोक्सोको परिक्षण ( स्पाइरोमेट्री ) गर्ने गरिन्छ । स्पाइरोमेट्री एउटा फोक्सोको जाँच हो जुन स्पाइरोमिटर मेसिन द्वारा गरिन्छ ।

यस मेसिनले तपाईंको फोक्सोले कति राम्रो सङ्ग काम गरिरहेको छ भनेर मापन गर्दछ । ' सीओपीडी ' पुर्ण रुपमा निर्मुल गर्ने उपचार छैन तर यस्लाई नियन्त्रण गर्न भने सकिन्छ । यो रोग नियन्त्रण गर्न सुरुमा धूम्रपान त्याग्ने , फोक्सोलाई हानि गर्ने तत्त्वहरुबाट टाढा रहने र डाक्टरको सल्लाह अनुसार निरन्तर औषधिको सेवन गर्नुपर्ने हुन्छ । यो रोगको लागि धेरै जसो औषधिहरु इन्हेलेसनको रुपमा उपलब्ध छ ।

इन्हेलरबाट लिइने औषधि सिधै तपाईंको फोक्सोमा मात्र पुग्ने भएकोले इन्हेलर सुरक्षित र लाभदायक हुन्छ र यस्को अरु औषधिको तुलनामा नकारात्मक औषधिको मात्रा कम हुने हुनाले नकारात्मक असर गर्ने जोखिम पनि कम नै हुन्छ ।

Last modified on 2020-11-18 08:08:06

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts