कविराजबाट जागिर सुरु गरेका डा. चौधरी वरिष्ठ स्वास्थ्य प्रशासकबाट भए बिदाई



Download our app to get more features

रुपन्देही, ९ मंसिर । लुम्बिनी प्रदेश सामाजीक विकास मन्त्रालयबाट सेवा निवृत्त भएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर प्रसाद चौधरीको बिदाई गरिएको छ । 

बिदाई कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले डा. चौधरीले मन्त्रालय स्थापनादेखि हालसम्म कर्तव्यनिष्ट भई गरेका कार्य अनुकरणीय भएको बताउँदै निवृत्त जीवन सफल र सुखमय बनोस भनी शुभकामना व्यक्त गरे ।

लुम्बिनी प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले स्वास्थ्य सेवामा डा. चौधरीले पु¥याएको योगदान प्रशंसनीय भएको बताए । मन्त्रालयका सचिव माहादेव पन्थ, स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद कुमार गिरी, सामाजिक विकास महाशाखा प्रमुख सारदा वेल्वासे लगायतले मन्तव्य व्यक्त गरे ।

सेवा निवृत्त भएका डा.चौधरीले काम गर्ने दौरानमा आफूवाट कसैलाई केही अफ्ट्यारो भए जिम्मेवारी दायित्व पुरा गर्दा भएको हो भनी विर्सिदिन आग्रह गरे । 

डा. चौधरी वि सं २०४० चैत्र १७ गते कविराज पदमा स्थायी नियुक्ती भई विभिन्न पदमा वढुवा हुदै मिति २०७५÷०२÷२६ देखि २०७७÷०८÷०३ गते सम्म मन्त्रालयमा वरिष्ठ स्वास्थ्य प्रशासक पदमा रही सेवा पुर्याएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts