देशभर १३ हजार ६ सय १२ जना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, ८ मंसिर ।  देशभर १३ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

सोमबार १८ हजार ८ सय ८४ जना संक्रिय संक्रमित मध्य १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ९ हजार २९ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  १ हजार ५ सय ३८, प्रदेश २ मा ३ सय ९, लुम्बिनी प्रदेशमा ७ सय ७१, सुदूरपश्चिम प्रदेशमा ८ सय ४५, गण्डकी प्रदेशमा १ हजार ३० र कर्णाली प्रदेशमा ९० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts