१ करोडभन्दा बढी चन्दा संकलन गरेर स्थापना गरिएको पिसिआरमा कोरोना परीक्षण घट्यो



Download our app to get more features
Spark_health_home Happy new year 2021

धनगढी, ५ माघ । डडेल्धुरामा जनस्तरबाट सहयोग संकलन गरि सञ्चानमा ल्याइएको पीसीआर मेसिनमा कोरोना परीक्षणको दायरा ह्वात्तै घटेको छ ।

ह्युमानिटी फाउण्डेशनले जनस्तरबाट रकम संकलन गरि मशिन किनेर अस्पताललाई हस्तान्त्रण गरेको थियो। कोरोना माहामारीको सुरुवाती चरणमा दैनिक हजारौंको संख्यामा स्वाव परीक्षण हुँदै आएपनि पछिल्लो समय ह्वात्तै घटेर १५ मा झरेको हो ।

ह्युमानिटी फाउण्डेशन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको पहलमा जनस्तरबाट रकम संकलन गरि १ करोड ६ लाख ६७ हजार ५९५ रुपैँयामा खरिद गरि सो मशिन डडेल्धुरा अस्पताललाई गत असार ७ गते हस्तान्तरण गरिएको थियो । मशिन सञ्चालनमा आएदेखि अहिलेसम्म २४ हजार नमूना परीक्षण गरिएको छ ।

कोरोना माहामारीको सुरुवाती चरण साउन, भदौ र असोजसम्म दैनिक १ हजारदेखि १२ सयको अनुपातमा कोरोना परिक्षण हुँदै आएको थियो । तर असोजदेखि भने परीक्षणको दायरा ह्वात्तै घटेको छ ।

अहिले दैनिक १५ देखि २० नमुना मात्रै परीक्षण भइरहेको डडेल्धुरा अस्पतालले जनाएको छ। अस्पतालका ल्याब इन्चार्ज ईश्वरी प्रसाद भुषालले सुरुवाती अवस्था धेरै परीक्षण भएपनि पछिल्लो समय स्वाब संकलन कम हुन थालेपछि परीक्षण पनि घटेको बताए ।

समुदाय स्तरमा स्वाव संकलन नै नहुन थालेपछि कोरोना परिक्षणको दायरा घटेको बताइएको छ। अहिले अस्पतालमा आएका विरामीहरुको मात्रै स्वाव संकलन हुने गरेको छ। हजारौको संख्यामा परीक्षण गर्ने क्षमता भएपनि आजभोलि स्वाव संकलन गरि परिक्षण गर्नुपर्ने अवस्था नदेखिएको अस्पतालले बताउन थालेको छ ।

डडेल्धुरा अस्पताका मेसु डा.जगदिश विष्टले सरकारले पनि लक्षण भएकाहरुको मात्रै स्वाव संकलन गर्न भनेपछि सोही निर्देशिका अनुसार काम गरिरहेको उल्लेख गरे ।

पीसीआर मशिन स्थापना भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लावासीलाई कोरोना परीक्षण गर्न सहज हुने विश्वास लिइएको थियो । तर पछिल्लो समय भने अस्पतालमा मात्रै स्वाव संकलन गरिँदा समुदाय स्तरमा संक्रमण फैलिरहेको त छैन भन्ने आशंका बढेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts