भरतपुर अस्पतालका मेसु डा. राजन पाण्डेले दिए राजीनामा



Download our app to get more features

 चितवन, ३ मंसिर । चितवनस्थित भरतपुर अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

डा. पाण्डेले बुधवार स्वास्थ्य मन्त्रालयलाई राजीनामा पत्र दिएका हुन् । उनले अस्पतालमा मेसुको रूपमा २ महिना सेवा गरेका छन् । गत भदौ २४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. पाण्डेलाई नियुक्त गरेको थियाे ।

उनी भदौको २८ गतेदेखि अस्पतालमा हाजिर भएका थिए । भरतपुर नै घर भएका एघारौं तहका फिजिसियन डा. पाण्डे त्यसअघि भेरी अस्पताल नेपालगन्जको मेडिसिन विभागका विभागीय प्रमुख थिए । उनले ब्यवस्थापनको पाटोमा भन्दा पनि आफू विरामीको उपचारमा नै लाग्ने प्रतिक्रिया दिएका छन् ।

अहिले डा. जगन्नाथ तिवारीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिएको छ । डा. पाण्डे भने राजीनामा दिएर बिहीवारदेखि केही दिनका लागि बिदामा बस्दै छन् । उनी अस्पतालका ४१ औं मेसु हुन् ।

Last modified on 2020-11-19 10:47:07

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts