भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको आन्दोलन स्थगित



Download our app to get more features

भक्तपुर, ८ मंसिर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले आन्दोलन स्थगित गरेका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कर्मचारीको मागमा सकारात्मक रहेकाले हाललाई आन्दोलन स्थगन गरिएको अस्पतालमा कार्यरत डाक्टर रोशन प्रजापतिले बताए ।

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मेडिकल डाईरेक्टर नारायण श्रेष्ठ, कर्मचारी कल्याणकारीसंघका अध्यक्ष शिवराम धुख्वा, सांसद प्रेम सुवाल र अस्पताल क्षेत्र पर्ने भक्तपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरिप्रसाद बासुकलासहितको टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग आइतबार छलफल गरेको थियो।

‘हिजोको छलफलमा हाम्रो मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक भयो, त्यसैले आन्दोलन रोकियो,’ प्रजापतिले हाम्रो डाक्टर न्युजसँगको कुराकानीमा भने । स्वास्थ्यमन्त्रीले अबदेखि नयाँ कर्मचारीलाई लोकसेवाबाट लिने पुराना कर्मचारी नहटाउने बचन दिनुएको उनले बताए । 

अस्पताल विकास समिति गठन नभएसम्म पहिला कै नियम अनुसार कर्मचारीहरुले सेवासुविधा पाउने  भएकाछन् । 

सांसद सुवालले कार्यविधिमा २०र२२ वर्षदेखि अस्पतालमा कार्यरत स्थायी, अस्थायी तथा करार सेवाका कर्मचारीलाई करारमा नियुक्ति गर्ने भनिएको हुँदा त्यसलाई हटाइ कार्यरत कर्मचारीले खाइपाई आएको सुविधामा नघट्ने गरी समितिले निरन्तरता दिनुपर्नेतर्फ मन्त्री ढकाल समक्ष ध्यानकर्षण गराएका थिए।

क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीमध्ये आधाजसो स्थायी भैसकेको हुँदा ती कर्मचारीलाई कुनै किसिमको समस्या नहुने गरी अस्पताल सञ्चालन गर्नुपर्ने भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बताएका थिए।

मन्त्री ढकालले गठन आदेशबाट कर्मचारीलाई अप्ठेरो भएको भए छलफल गरी खाइपाई आएको सुविधालाई असर नपर्ने गरी व्यवस्थापन गर्न मन्त्रालय सकारात्मक भएको जनाएका थिए।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts