थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ६६ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, १ कात्तिक । नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।

यस्तै हाल नेपालभर २ सय ९० जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ६६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts