स्टार हस्पिटलले ल्यायो कोभिड–१९ सम्बन्धी विशेष प्याकेज



Download our app to get more features

काठमाडौं, ६ साउन । स्टार हस्पिटलले कोभिड–१९ सम्बन्धी विशेष प्याकेज ल्याएको छ ।

हस्पिटलले लक्षण नदेखिएका र माइल्ड लक्षण भएकाहरुका लागि घरमै आइसोलेशनमा बस्दा चाहिने रेखदेख सहितको विशेष प्याकेज ल्याएको हो ।

१४ दिनको रिमोट मोनिटरिंग प्याकेज अन्तर्गत बेसिक कोभिड–१९ हाउसपिटल प्याकेज र एडभान्स कोभिड हाउसपिटल गोल्ड प्याकेज गरि २ वटा प्याकेज हस्पिटलले ल्याएको हो ।

जसमा बेसिक अन्तर्गत होम आइसोलेशनमा बस्दाको टेलि एसिस्टेन्स एण्ड ट्रेनिंगको प्रोटोकल, आधारभूत ल्याब परीक्षण, ५ पटक फिजिसियनसँगको परामर्श, एक पटक मनोपरामर्श, घरमै औषधि पुर्याउने, एक पटक डाइटिसियन, पोषणविदसँगको परामर्श, नियमित तालिम प्राप्त नर्सले बिरामीलाई हेर्ने लगायतका सेवा रहेका छन् । यसका लागि १२ हजार ५ सय शुल्क लाग्नेछ ।

यस्तै एडभान्स तर्फ बेसिक प्याकेजमा समावेश गरिएका सुविधाका साथै आइसोलेशन मेडिकल किट (स्यानिटाइजर, पञ्जा, डिजिटल थर्मामिटर, केएन ९५ मास्क, ३ प्लाइ मास्क, बीपी जाँच्ने मेसिन) लगायतका छन् । आवश्यक परेमा पिसिआर संकलन गर्ने, घरमै गएर डाक्टरले जाँच गर्ने, एम्बुलेन्स लगायतका सुविधा समावेश छन् । यसका लागि ३० हजार शुल्क लाग्नेछ ।

थप जानकारीका लागि अस्पतालमा सम्पर्क गरेर बिरामीको अवस्था बारे जानकारी गराएर सेवा लिन सकिनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts