औषधि पसल तथा व्यवसायी प्रमाणपत्र नविकरणमा लाग्ने बिलम्ब सेवा शुल्क मिनाहा गरिने



Download our app to get more features
Spark_health_home

काठमाडौं, १४ कात्तिक । औषधि व्यवस्था विभागले औषधि पसल तथा व्यवसायी प्रमाणपत्र नविकरणमा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ ।

विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५ तथा औषधि दर्ता नियमावली, २०३८ अन्तर्गत दर्ता रहेका औषधि पसल तथा व्यवसायी प्रमाणपत्र नविकरण सेवामा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने बताएको छ ।

vayoda

विभागका शाखा अधिकृत नविन मैनालीले कोभिड १९ का कारण सरकारले मुलुकभर जारी गरेको लकडाउनले गर्दा तोकिएको समयमा औषधि पसल तथा व्यवसायी प्रमाणपत्र नविकरण हुन नसकेको हुनाले मंसिर मसान्तसम्म नविरकणका लागि म्याद पनि थप गरेको बताए ।

उनले मंसिर मसान्तसम्म थप गरिएको समयभित्र नविकरण गरेमा लाग्ने बिलम्ब शुल्क तथा दस्तुरमा छुट पनि दिइने उल्लेख गरे ।

Hamro Doctor
Last modified on 2020-10-30 14:25:43

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts