औषधि पसल तथा व्यवसायी प्रमाणपत्र नविकरणमा लाग्ने बिलम्ब सेवा शुल्क मिनाहा गरिने



Download our app to get more features

काठमाडौं, १४ कात्तिक । औषधि व्यवस्था विभागले औषधि पसल तथा व्यवसायी प्रमाणपत्र नविकरणमा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ ।

विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५ तथा औषधि दर्ता नियमावली, २०३८ अन्तर्गत दर्ता रहेका औषधि पसल तथा व्यवसायी प्रमाणपत्र नविकरण सेवामा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने बताएको छ ।

विभागका शाखा अधिकृत नविन मैनालीले कोभिड १९ का कारण सरकारले मुलुकभर जारी गरेको लकडाउनले गर्दा तोकिएको समयमा औषधि पसल तथा व्यवसायी प्रमाणपत्र नविकरण हुन नसकेको हुनाले मंसिर मसान्तसम्म नविरकणका लागि म्याद पनि थप गरेको बताए ।

उनले मंसिर मसान्तसम्म थप गरिएको समयभित्र नविकरण गरेमा लाग्ने बिलम्ब शुल्क तथा दस्तुरमा छुट पनि दिइने उल्लेख गरे ।

Last modified on 2020-10-30 14:25:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts