भरतपुर अस्पतालमा उपचाररत गाेरखाकी १९ वर्षीया युवतीकाे काेराेना संक्रमणका कारण मृत्यु



Download our app to get more features

चितवन, ११ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड–१९) संक्रमित १९ वर्षीया युवतीकाे मृत्यु भएकाे छ ।

गोरखा जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिका १ की १९ वर्षीय महिलाकाे मंगलबार दिउँसो ३ः४५ बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि यहि कात्तिक ६ गते अस्पताल भर्ना गरिएकाे थियाे । उनमा कात्तिक ५ गते नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि काेभिड आईसियूमा राखेर भेन्टिलेटरकाे सहायताले उपचार गरिएकाे थियाे । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

काेराेना संक्रमणकाे साथै उनकाे फाेक्साेमा पानीकाे मात्रा देखिनु र मुटुले एक्कासि काम गर्न छाडेपछि उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । याेसँगै भरतपुर अस्पतालमा उपचार भएका मध्ये अहिलेसम्म ३० जनाकाे मृत्यु भएकाे छ ।

यसरी मृत्यु हुनेमा केही अन्य अस्पतालबाट रिफर भएर आएका त केही अन्तिम अवस्थामा अस्पताल आएका मध्ये बढी छन् । यसरी भरतपुर अस्पतालमा उपचार गराउनेमा चितवन लगाएत विभिन्न बाहिरी जिल्लाका बिरामी समेत छन् ।

Last modified on 2020-10-27 18:22:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts