शुक्रराज ट्रपिकल अस्पतालले पनि कोरोना संक्रमित बिरामीको उपचारका लागि माग्यो धरौटी



Download our app to get more features

काठमाडौं, १६ कात्तिक । मुलुकको एक मात्रै सरुवा रोग अस्पताल शुक्रराज ट्रपिलकल अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको छ ।

अस्पतालले सूचना जारी गरि कोरोना संक्रमित बिरामीको उपचाकार लागि धरौटी जम्मा गर्न भनेको हो ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालिन ईकाइले कात्तिक ३ गते गरेको पत्र अनुसार कात्तिक १४ गतेबाट लागू हुने गरि कोरोना संक्रमित बिरामीसँग उपचार शुल्क लिन थालिएको बताए ।

उनले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि धरौटी जम्मा गर्नुपर्ने भन्दै आवश्यक कागजाग पेश गरेमा छुटको पनि व्यवस्था गरिएको बताए ।  

यस्तो छ शुक्रराज ट्रपिलकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित बिरामीसँग लिने धरौटी शुल्क सूची:

यसअघि धुलिखेल अस्पताल, बिपी स्वास्थ्य प्रतिष्ठान लगायतका अस्पतालले पनि कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि धरौटी लिने भनी सूचना जारी गरेर शुल्क लिन थालेको छ । 

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बिरामीको उपचार निः शुल्क गर्न नसक्ने भन्दै निर्णय गरेपछि विभिन्न अस्पतालहरुले धरौटी लिन थालेका हुन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts