देशभर सक्रिय संक्रमितको संख्या ३८ हजारभन्दा धेरै, १ लाख ३१ हजारभन्दा बढी स्वस्थ



Download our app to get more features

काठमाडौं, १५ कात्तिक । नेपालमा कोरोना भाइरसको संक्रमण पछि निको हुनेको संख्या एक लाख ३१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ६४ जना कोरोना संक्रमण पछि निको भएका छन्  ।

योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको छ । यो दर कुल संक्रमितको ७६ दशमलव ९ प्रतिशत हो ।

यस्तै हाल नेपालभर ३८ हजार ५ सय ८४ जना आइसोलेसनमा रहेका छन् ।

यसैगरि हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ रहेको छ । यो कुल संक्रमितको २२ दशमलव ६ प्रतिशत हो 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts