झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

झापा, १६ कात्तिक । झापामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन्। दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो।

शनिवार मात्रै उपचारका लागि नोबेल पुर्‍याएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।

कमल गाउँपालिका ५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ। मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियोञ। केही दिनयता उनी होम आइसोलेसनमा बसिरहेका थिए। योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

त्यस्तै, गौरादह ४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति मृत्यु भएको छ। कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उनी पनि होमआइसोलेसनमा नै बसिरहा थिए। 
योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए। शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts