जनस्वास्थ्य निरिक्षक तोक्दा स्वास्थ्य विज्ञान विषयमा स्नातक तह पुरा गरेको व्यक्ति मात्रै तोक्न निर्देशन



Download our app to get more features

काठमाडौं, ९ कात्तिक । सरकारले स्थानीय तहमा जनस्वास्थ्य निरिक्षक तोक्दा अनिवार्य स्वास्थ्य विज्ञान विषयमा स्नातक तह पुरा गरेको व्यक्ति तोक्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

केहिदिन अघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको सचिव स्तरीय बैठकले यस्तो निर्देशन दिएको हो । 

स्थानीय तहबाट तोकिने जनस्वास्थ्य निरिक्षकको न्यूनतम योग्यता कुनै एक स्वास्थ्य विज्ञान विषयमा स्नातक तह पुरा गरेको तथा स्वास्थ्य सेवाका ७÷८ तहका अधिकृत मध्येबाट तोक्नुपर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवम नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले हाम्रो डाक्टर न्यूजलाई बताए । 

जनस्वास्थ्य निरिक्षक तोक्दा जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रमा मन्त्रालयले तोके बमोजिम योग्यता वा अनुभव प्राप्त व्यक्ति मध्येबाट तोक्नुपर्ने निर्देशनमा भनिएको छ । 

नियमावली २०७७ को नियम १४ मा स्वास्थ्य संस्थाको अनुगमन तथा नियमनको व्यवस्था गरिएको छ । 

नियम १४ कै उपनियम २ मा सम्बन्धित तहले जनस्वास्थ्य निरिक्षक तोक्न सक्ने व्यवस्था छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts