अर्थोपेडिक प्रोफेसर डा. ज्ञानेश्वर प्रसाद सिंहको केस अदालतमा दर्ता 



Download our app to get more features
Spark_health_home

काठमाडौं, १६ कात्तिक । कलेज अफ मेडिकल साइन्सेजमा अर्थोपेडिक प्रोफेसरको रुपमा कार्यरत डा ज्ञानेश्वर प्रसाद सिंहको केस अदालतमा दर्ता भएको छ । 'अस्पतालको कमजोरीले यस्तो घट्ना भयो', न्यायको लागी अदालतको ढोका ढक्ढक्याउन बाध्य भयौ, छोरा प्रज्वल सिंहले हाम्रो डाक्टर न्युजसँगको कुराकानीमा भने ।  
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा अर्थोपेडिक प्रोफेसरको रुपमा कार्यरत डा ज्ञानेश्वर प्रसाद सिंहको भदौ १० गते खाना खाने क्रममा मासुको हड्डी घाँटीमा अड्किएर अस्पतालमा भर्ना हुँदा अस्पतालले लापरबाही गरेको भन्दै परिवारले काउन्सिलमा उजुरी दिएको थियो । 

त्योबेला घटनाको छानबिन गर्दै काउन्सिलले अस्पतालमा भएका कमजोरी सुधार्न निर्देशन पनि  दिएको  थियो ।  भदौ १० गते डा. सिंहको घाँटीमा मासुको हड्डी अड्किएपछि आफू कार्यरत अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो । तर, इमर्जेन्सी लगायत कुनैपनि विभागबाट उपचारमा चासो नदेखाइएकोले भोलिपल्ट मात्रै अप्रेसन गरी हड्डिलाई टुक्रा पारेर आधा निकालिएको र आधा हड्डी पेटमा नै धकेलिएको भन्ने जानकारी गराएको प्रज्वलले बताए । 

vayoda

 बिरामीको अवस्था ठीक छ भनेर अस्पतालले जानकारी गराएको पाँच दिनमा बिरामीलाई बान्ता हुने, ज्वरो बढ्ने भएपछि पुनः सीटि स्क्यान गर्न दवाव दिएपछि मात्रै सीटि स्क्यान गर्दा हड्डी ननिक्लेको र पेटतर्फ धकेल्ने प्रयास गर्दा खाना खाने नलीमा इन्फेक्सन भइसकेको र सो समेत जानकारी नगराई हतारमा आईसीयूमा सिफ्ट गरी हेलिकप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइएको बिरामी डाक्टरका छोरा सिंहले बताएकाछन् । 

 युनिभर्सल कलेजमा चिकित्सकहरुको लापरबाही, हेलचेक्र्याई गरेको, सही तथ्यको जानकारी नदिई बिरामीको अवस्था अत्यन्त जटिल बन्न पुगेको विषयमा परिवारले काउन्सिलमा घटनाबारे छानबिन गर्न माग गरेका थिए । सोही विषयमा छानबिन गर्दै काउन्सिलले काउन्सिलको नियमावली २०२४ को २२ क (ग) बमोजिमको आचारसंहिता अनुसार काम गर्नका लागि मेडिकल कलेजको अस्पतालमा उपयुक्ति प्रणालीहरु नभएको निष्कर्स लिकालेको थियो ।

 

Hamro Doctor
Last modified on 2020-11-01 22:00:15

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts