आयुर्वेदका बारे गलत प्रचार गरेको भन्दै न्यूज २४ टिभी र बिपी तिमल्सिनालाई कारबाहीको माग



Download our app to get more features
Spark_health_home

काठमाडौं, १७ कात्तिक । नेपाल आयुर्वेद चिकित्सक संघले न्यूज २४ च्यानल र आफूलाई आयुर्वेद चिकित्सक बताउने बिपी तिमल्सिनालाई कारबाही गर्न माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै सोमवार न्युज २४ च्यानलबाट प्रस्तोता रवि लामिछानेको कार्यक्रममा प्रसारित बि.पी. तिमल्सिनाद्वारा व्यक्त गरिएका विचारहरु पूर्ण रुपमा आयुर्वेदको सिद्दान्त विपरित रहेको भन्दै भ्रम फैलाउन खोजेकाले कारबाहीको माग गरेको हो ।

vayoda

संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले कार्यक्रममा आयुर्वेद चिकित्सा सम्बन्धी भ्रम फैलाउने, आयुर्वेदको सिद्दान्त विपरितका जडिबुटी र विधि सिफारिस गर्दा सर्व साधारणमा भ्रम उत्पन्न गराउने काम गरेकोले कारबाहीको माग गरिएको बताए ।

विज्ञप्तिमार्फत् आयुर्वेदले रोगको जोखिम बढाउने, बिरामीलाई उपचार गर्दा एक प्रकारका जडिबुटीबाट गर्ने र सञ्चार माध्यमहरुबाट अर्कै जडिबुटीको नाम लिएर भ्रामक अभिव्यक्ति सार्वजनिक गरेकोले न्युज २४ च्यानल र तिमल्सिना माथि छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको हो ।

सरकार तथा सम्बन्धीत निकायलाई गम्भीर ध्यानाकर्षण गराउँदै कार्यक्रममा व्यक्त गरिएका जडिबुटीहरुले कोरोना निको पार्ने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने कुनै आधार प्रमाण नभएको समेत प्रष्ट पार्न चाहन्छौ । सर्व साधारण लाई यस्ता भ्रममा परि स्वास्थ्य जोखिम ननिम्त्याउन समेत आव्हान गर्दछौ भनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै कार्यक्रममा देखाइएका विषय संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी निर्देशन र सूचनाहरु तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्दान्त विपरित भएको र दण्डनीय अपराध भएको, जनस्वास्थ्यमा गम्भीर खेलवाड र सरकारका प्रयास हरुलाई दुरुत्साहन गर्ने प्रकृतिका भएको पनि संघको ठहर छ । 

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts