विराट मेडिकल कलेजमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु



Download our app to get more features

झापा, १७ कात्तिक । कोरोनाबाट झापामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । उनको आइतबार बेलुका ८ बजे मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । 
दमक नगरपालिका ८ की उनी विराट मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाफ नर्स हुन् । यसअघि एक चिकित्सक, २ स्वास्थ्यकर्मीसहित ४ नर्सको ज्यान कोरोनाबाट गइसकेको छ ।

कार्यरत नर्सकै ज्यान गएको पहिलोपटक हो । योसँगै दमकमा हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ ।
 

Last modified on 2020-11-02 11:10:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts