नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख २९ हजारभन्दा बढी

निको हुनेको संख्या ८९ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १ कात्तिक । नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १५ हजार ४ सय ३८ पिसिआर परीक्षण गरिएकोमा थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २९ हजार ३ सय ४ पुगेको बताए ।

नयाँ थपिएका संक्रमितमध्ये १७ सय ४६ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसमा काठमाडौंमा १४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जना थपिएका छन् ।

यस्तै गत २४ घन्टामा थप १ हजार ८ सय जना कोरोना संक्रमणपछि स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । यो दर कुल संक्रमितको ६९ दशमलव ४ प्रतिशत हो ।

हाल नेपालभर ३८ हजार ७ स ३७ सक्रिय संक्रमित संख्या रहेको । संक्रमितमध्ये १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2020-10-17 16:26:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts