कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्ने जिम्मा मन्त्रालयका महाशाखा प्रमुखहरुलाई



Download our app to get more features

काठमाडौं, २८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा त्यसको व्यवस्थापनका लागि समितिहरु गठन गरेको छ ।

मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा प्रमुखहरुको नेतृत्वमा अस्पतालबाट प्रदान गरिने सेवाको गुणस्तर, सेवा चुस्तदुरुस्त बनाउन, गुनासो सम्बोधन गर्न र समस्या समाधानका लागि समिति गठन गरेको हो ।

मन्त्रालय अन्तर्गतको गुणस्तर अनुगमन तथा नियमन महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई पाटन अस्पता, किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, वीर अस्पताल र काठमाडौं मेडिकल कलेज, समन्वय महाशाखाका प्रमुख डा. जागेश्वर गौतमलाई प्रसुति गृह, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल तथा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटालाई कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल र निजामति अस्पतालको जिम्मा दिइएको छ ।

समितिलाई अस्पतालको बेड संख्या, अस्पतालमा हाइ डिपेन्डेन्सी व्यवस्थापन, लोजिस्टक व्यवस्थापन गर्ने छन् भने जनशक्ति व्यवस्थापन (कहाँ कुन अस्पतालमा कति जनशक्ति परिचालन गर्ने खटनपटन लगायत) को काम र आर्थिक समस्या समाधान गर्ने जिम्मा दिइएको छ । यस्तै कुनैपनि अस्पतालमा सेवा कमजोर भएमा वा बिरामीलाई उपचार नदिई फर्काइएमा कारबाहीका लागि मन्त्रालयमा सिफारिस समेत गर्न पाउने अधिकार समितिलाई दिइएको छ । 

Last modified on 2020-10-14 18:31:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts