योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट निधन



Download our app to get more features

काठमाडौं, ११ मंसिर । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ।

मेडिसिटी अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार ७६ बर्षीय शाक्यको आज विहान ४ बजे निधनले भएको हो ।  गएको २० कात्तिकमा कोरोना संक्रमण देखिएका शाक्यलाई २५ कात्तिकमा ग्लोबल अस्पतालमा भर्ना गराएका थिए ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि ९ मंसिरमा मेडिसिटी अस्पताल  भेन्टिलेटरमा उपचार गरिएको थियो । शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। 

राष्ट्रिय योजना आयोगको कर्मचारीका रुपमा काम गरेका उनी सेवानिवृत्त भएपछि खिलराज रेग्मीको मन्त्रिपरिषद्ले उनलाई आयोगको उपाध्यक्ष बनाएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts