दसैंमा घर जाँदा सातदिन क्वारेन्टीनमा बस्नैपर्ने 



Download our app to get more features

काठमाडौं, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नु अघि ७ दिन र गतव्यमा पुगिसेपछि ७ दिन अनिवार्य रूपमा क्वारेन्टीनमा बस्नुपर्ने जनाएको छ।

 मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताएकाहुन् । 

डा. गौतमले घर जानुभन्दा अगाडी वा कतै यात्रा गर्न योजनामा भए अनिवार्य रूपमा एकान्तबास बस्नुपर्ने सरकारले निर्णय गरेको बताए।

‘७ दिन एकान्तबासमा बसेपछि कोरोना भाइरसको कुनै लक्षण वा चिन्ह छैन भने यात्रा गर्नुहोस,’डा. गौतमले भने, ‘गतन्व स्थानमा पुगेपछि पुन ७ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्नेछ।’

क्वारेन्टाइन गर्ने जिम्मेवारी स्थानीय तहको हुने मन्त्रालयले जनाएको छ।

Last modified on 2020-10-12 21:39:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts