वायु प्रदूषण तथा बच्ने उपाय



Download our app to get more features

काठमाडोैं, २ पुस । वायु प्रदूषणको बढ्दो मात्राले नेपालका विभिन्न सहर बसोबासका लागि अयोग्य हुँदै गएको तथ्याङक सार्वजनिक भएका छन् ।

गाडीको धुवाँ, इँटाभट्टा लगायतका उद्योगको प्रदूषण, आगो बाल्दा निस्कने धुवाँ, निर्माणका बेला सावधानी नअपनाउनुलगायतका कारणले हावामा प्रदूषणको मात्रा बढिरहेको छ । जसका कारण केही सहर बसोवासका लागि अयोग्य भएको वातावरण विभागले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले बसोवासका लागि हावामा प्रदूषणको मात्रा अक्वा २५ तोकेको छ भने अक्वा ४० सम्म बसोवासयोग्य हुने बताएको छ । 

हावामा प्रदूषणको मात्रा धेरै हुँदा मुटु, फोक्सो तथा रगतमा असर गरी विभिन्न किसिमका रोगहरु लाग्ने मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले जानकारी दिए । सकेसम्म प्रदूषण भएको ठाउँमा हिड्डुल गर्न नहुने र बाहिर निस्कँदा मास्क लगाउनुपर्ने डाक्टर भट्टराईको भनाइ छ । 

वायु प्रदूषण बढ्ने कारण 

- पेट्रोलियम पदार्थबाट चल्ने गाडीले उत्पादन गरेको धुवाँले 
- विकास निर्माणका कार्यबाट उत्पादन भैरहेको धुलोले
- फोहोर र कृषिजन्य पदार्थ जलाउँदा निस्कने धुवाँले
- इँट्टाभट्टाबाट निस्कने धुवाँले

वायु प्रदूषणले गर्ने असर 

१ .तत्काल पार्ने असर 
- छाला चिलाउने
- आँखा चिलाउने 
- खोकी लाग्ने
- हाच्छिउँ आउने 
- छाती घ्यारघ्यार हुने 
- श्वास फेर्न गाह्रो हुने 

२. दीर्घकालीन असर 

- श्वासप्रश्वास र रक्तनलीमा समस्या हुने  
- लामो समयसम्म दमको समस्या हुने 
- फोक्सोको क्यान्सर हुने सक्ने  
- रक्तनलीमा असर गर्न सक्ने  
- रगत जम्ने समस्या निम्त्याउन सक्ने 
- मुटु रोग र हृदयाघात हुन सक्ने
- क्यान्सर र मस्तिष्क घात हुन सक्ने 

वायु प्रदूषणबाट बच्ने उपाय

- घरबाहिर निस्कने बित्तिकै मास्क लगाउने 
- बिहान र बेलुका मर्निङवाक र इभिनिङवाक नगर्ने 
- मानवबस्ती वरिपरि प्लाष्टिक तथा धुँवाजन्य निस्किने वस्तु नजलाउने 
- पुराना वा धेरै धुँवा निकाल्ने सवारी साधन प्रतिबन्धित गर्ने 
- उद्योगधन्दा र कलकारखाना मानवबस्तीबाट टाढा राख्ने 
- सडक, गल्ली, नदी, खोला, ताल र पोखरीमा फोहोर नफाल्ने 
- ढल निकासको उचित व्यवस्था गर्ने 
(मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts