जाडोमा ओठ फुट्ने समस्याबाट यसरी बच्नुस्



Download our app to get more features

काठमाडौं, १० पुस । चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन्छन् । जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ । ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । 

ओठ फुट्ने कारण 

–    चिसो तथा सुख्खा मौसम 

–    हरियो सागसब्जी तथा फलफूल नखाँदा 

–    पानीको मात्रा कम भएर 

–    कम गुणस्तरको लिपबाम तथा लिपस्टिक लगाउँदा 

–    बारम्बार जिब्रोले ओठ चलाउँदा 

–    जाँडरक्सी र चुरोट धेरै खाँदा 

रोकथामका उपाय 

–    घर बाहिर निस्कँदा चिल्लो पदार्थहरु मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाएर मात्र निस्कनुपर्छ ।

–    जाडोको समयमा ओठ मात्र होइन, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

–    बाहिर बजारमा पाइने जुनसुकै क्रिम पनि ओठमा लगाउन हुँदैन ।

–    समय–समयमा ओठमा लिप बाम लगाउने गर्नुपर्छ ।  भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ ।

–    ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ । 

–    यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।  

(ओम अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)  

Last modified on 2020-12-25 14:44:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts