महिनावारीबाहेक अन्य समयमा रक्तस्राव हुने कारण



Download our app to get more features

एजेन्सी,१२ पुस । महिनाको समयमा योनीबाट रक्तस्राव हुनुलाई सामान्य मानिन्छ । तर, कहिलेकाँही केही महिलाहरुको योनीबाट महिनावारी नभएको समयमा पनि रक्तस्राव हुने गर्छ । महिलाहरु यस्तो समस्यालाई सामान्य रुपमा पनि लिने गर्छन् । तर, बिना महिनावारी रक्तस्राव हुनु असामान्य अवस्था हो । बिना महिनावारी रक्तस्राव हुनु खतरनाक रोगको संकेत पनि हुन सक्छ । 
के कारण हुन्छ त महिनावारी नभएको बेला रक्तस्राव ?
- पाठेघरको भित्ता सुन्निनु 
- पाठेघरमा फाइब्राइड
- अचानक तौल बढ्ने र घट्ने हुनु
- पाठेघरमा पोलिप्स हुनु
- पाठेघर, योनी वा अण्डाशयमा क्यान्सर हुनु
- यूट्रसमा इन्फेक्शन वा ट्युमर हुनु

अन्य कारण 
थाइराइडमा हर्मोन अनियमित हुनुका कारण भोक कम वा धेरै लाग्ने हुँदा ऐठन हुने, जोर्नी दुखाई हुनु, कपाल झर्नु, तौल बढ्नु वा घट्नु र योनीबाट रक्तस्राव हुनु ।

अचानक गर्भ रहनबाट बच्नको लागि पिल्स वा अन्य गर्भनिरोधक साधनहरुको प्रयोग गर्ने गर्दा असामान्य रक्तस्राव हुन्छ । यस बाहेक अन्य संक्रामक रोगहरुका कारण पनि रक्तस्राव हुनसक्छ । 

गर्भवती भएको अवस्थामा गर्भपतनको संकेत 
गर्भवती भएको अवस्थामा रक्तस्राव हुनु वा रगतका थोपा देखिनु गर्भपतनको संकेत पनि हुनसक्छ । गर्भ रहेको शुरुवाती हप्ताहरु १२, १४ वा २४ हप्ताभित्र रक्तस्राव हुनु एक्टोपिक गर्भ रहेको संकेत पनि हुनसक्छ । यद्यपि, गर्भ रहेको अवस्थामा हल्का रक्तस्राव हुनु सामान्य हो । 

Last modified on 2020-12-27 17:27:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts