जाडोमा छाला कसरी जोगाउने ?



Download our app to get more features

जाडोमा विभिन्न प्रकारका छालामा समस्या देखापर्न सक्छन्। जाडोमा छाला सुख्खा हुने भएकाले छालालाई तैलीय राख्न सकियो भने छालाको समस्याबाट बच्न सकिन्छ।

जाडोमा छालामा समस्या हुने कारण :

vayoda

– साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या हुन्छ । 
– धेरै तातो पानीले नुहाउनाले छाला सुख्खा हुन्छ । 
– ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ । 
– विभिन्न रोगका औषधि सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ ।  
– छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ  । 
– पटक पटक धेरै पानी चलाउँदा पनि हात फुट्ने हुन्छ । 

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने ?

– जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ । 
– खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउने गर्नुपर्छ ।
– छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ । 
– धेरै तातो पानीले नुहाउनु हुँदैन  । 
– कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने । 
– नुहाउना साथ मोइस्चराइजर क्रिम लगाइहाल्ने । जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
– यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।

यति गर्दा गर्दै पनि तपाईंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।

(विना न्यौपानेले मेडिसिटीमा कार्यरत डर्माटोलोजिष्ट डाक्टर उमा केयलसँग गरेको कुराकानीमा आधारित )
 

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts